ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ


admin
२२ फाल्गुन २०७५, बुधबार   ५ : २१   बजे

काठमाडौं ,२२ फागुन ।  महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए । 

गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदीगम्बर, लालमोहर, नागा र महापुरुष गरी छ वर्गका नागाबाबालाई रु एक हजार ३०० देखि रु एक हजार ८०० सम्म दक्षिणा दिइएको साधु सन्त बिदाइ समिति संयोजक हरिप्रसाद जोशीले राससलाई जानकारी दिनुभयो । छ वर्गका ३०० नागा बाबालाई बिदाइ गरिएको उहाँले बताउनुभयो । 

अन्य महन्तमा मठाधीशलाई रु ९५१, सामान्य सन्तलाई रु ५५१ र सन्तको भेषधारीलाई रु ३५१ दक्षिणा दिइएको हो । यस्ता सात हजारसहित जम्मा सात हजार ३०० सन्तलाई बिदाइ गरिएको हो । संस्थानले साधुसन्त बिदाइका लागि रु १९ लाख बजेट छुट्याएको थियो । कोषले चार हजार ५०० सन्तलाई बिदाइ गरेको छ । कोषले पाँच वर्गमा विभाजन गरी साधुलाई बिदाइ गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । साधुसन्त बिदाइकै लागि कोषले रु १३ लाख बजेट छुट्याएको जनाइएको छ । 

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर, पशुपतिस्थित निर्मल अखडा, भष्मेश्वर, उमाकुण्ड, अन्नपूर्ण भण्डार, कालमोचनघाटको राममन्दिर, पुडाक्षी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा साधुसन्तलाई राखी खाने बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि भारतवर्षका विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदाका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group