काठमाडौ,२२ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको जनप्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिनु भएको हो ।
पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यस विरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा गर्नुभयो ।
नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उहा“माथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनी आक्रोश व्यक्त गर्नु भयो ।
नेता महतोले बुधबार अपरान्ह संघीय संसद भवन नया“ बानेश्वरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिंदै आन्दोलनकारी चौंधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्