ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी पूर्व डीआईजी पार्वती फोरममा प्रवेश


एबीसी न्यूज
५ चैत्र २०७५, मंगलबार   २ : ४०   बजे


काठमााडौं, ५ चैत्र । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा ‘संघीय समाजवादी फोरम’मा प्रवेश गरेकी छन् । विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् ।

संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरिन् ।

प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै भएकी थिइन् । सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन् । तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् ।

पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन । नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् ।

कुनै बेला राजनीतिक दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी उनै थापा अहिले राजनीतिमा प्रवेश गरेकी छन् । राजनीतिक दलकै छहारी लिने निर्णयमा पुग्नुको कारणबारे थापाले केही खुलाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group