ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुँजीवादी व्यावस्थामा दलित मुक्ति असम्भव : आहुति


admin
८ चैत्र २०७५, शुक्रबार   १ : ४९   बजे


काठमाडौं,८ चैत । दलित संठनहरुले ५४औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन(मार्च २१)को अवसर पारेर विचार गोष्ठी सम्पन्न गरेको छ । जात व्यावस्था उन्मुलन मोर्चा नेपाल ,नेपाल दलित मुक्ति मोर्चा ,दलित मुक्ति मोर्चा नेपाल र दलित शक्ति नेपालको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम राजकुमार हिङमाङको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि विभिन्न दलित संगठनहरुको संयुक्त आयोजनामा गरिएको हो । कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका महासचिव मोहोन वैद्य किरणले जनताको पक्षमा लडिरहेको राजनीतिक शक्ति माथि प्रतिबन्ध लगाएर सरकारले राजनितिक माहोल भड्काउन खोजेको आरोप लगाउनु लगाउनु भएको छ ।

उहाँले कुनै पनि समस्याको समधान वार्ता र संवाद नै भएकाले राजनितिक आन्दोलन मार्फत राखिएका जनपक्षिय मागलाई राज्यले संबोधन गर्नुपर्ने धारणा समेत राख्नु भयो।त्यस्तै कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले जात व्यावस्थाका कारण सिंगो एसिया पछि परेको बताउनु भएको छ ।

उहाँले अहिले नेपालमा पुराना सामन्तहरु नै पुँजीपति बनेका र पुराना दासहरु मजदुरमा परिवर्तन भएका कारण अहिलेको व्यावस्था दलाल पुँजीवादको हातमा रहेको र यो व्यावस्थाले दलित मात्रै होइन कुनै पनि उत्पिडित समुदायको मुक्ति सम्भव नदेखिएकाले अब नयाँ ढंगले माक्र्सवादी तथा वैज्ञानिक समाजवादी व्यावस्थामा मात्रै सम्भव देखिएकाले समाज नै ध्रुविकृत हुन थालेको कुरा बताउनु भयो ।

त्यस्तै गरी वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अहिलेको शासन व्यावस्था दलालहरुले चलाएको हुनाले सार्वभौम सत्ता जनता निहित नभएको त्यो संबिधानको किताबमा मात्रै सिमित रहेको धारणा राख्नु भयो ।

मानव अधिकार आयोग का सदस्य मोहोना अन्सारीले वर्गीय र जातिय आनदोलन मानव अधिकार सँग संबंधित रहेको र आनदोलनको बेला एकीकरण हुने र दस्तावेजीकरण हुने वेला विकेन्द्रीकरण हुने दलहरुको रोग भएको धारणा राख्नु भयो ।

उहाँले कानुनी किताबमा परिवर्तन भए पनि व्याक्तिगत एवं सामाजिक स्तरमा परिवर्तन नआएको विचार व्यक्त गर्नु भयो ।राजनितिक परिवर्तनका लागि हतियार नै उठाउनु पर्छ भन्ने नरहेको भन्दै दलहरुलाई शान्तिपूर्ण तवरले आफ्ना मागहरु राख्न अनुरोध गर्नु भयो ।

अब दलितहरुलाई सामाजिक ,आर्थिक रुपमै बलियो बनाउन सबै क्षेत्र लाग्न पनि अनुरोध गर्नु भयो ।नयाँ शक्ति पार्टीका कमला हेमचुरीले जात व्यावस्था उन्मुलन नभए सम्म दलित मुक्ति नहुने धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group