ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध भारतीय मदिरा नियन्त्रण गर्न माग


admin
९ चैत्र २०७५, शनिबार   ४ : २३   बजे

इलाम,९ चैत । इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले अवैध रुपको भारतीय मदिरा विक्री वितरण रोक्न माग गरेका छन् ।

भारतको सिक्किममा निर्माण हुने यस्तो मदिरा स्वास्थ्यकालागि पनि हानिकारक भएको भन्दै प्रशासनले प्रतिवन्धित गरेको छ । त्यस्तै नेपाल सरकारालाई कुनै पनि राजश्व नबुझाई एकलौटी बजार सिर्जना गरेका यस्ता मदिरालाई नियन्त्रणमा सरोकारवालाले कडा पहल गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

सन्दकपुर ५ जमुनाका बासिन्दाले आमभेला गर्दै यस्ता मदिरा नियन्त्रण गर्न माग गरेका छन् । जनप्रतिनिधि सहित, व्यवसायी, समाजिक अगुवा, सञ्चारकर्मी, प्रहरीलगायत ठूलो संख्यामा भेला भएका स्थानीयले सम्वन्धित निकायले कडाई गर्नु पर्ने जनाएका हुन् । त्यस क्षेत्रको पर्यटन विकासकालागि चैत्र २४ देखि ३० गते सम्म आयोजना हुने ढापपोखरी पर्यटन महोत्सवलाई लक्षित गर्दै वैठकले यस्तो मदिराको बेच विखनमा पूर्णरुपमा नियन्त्रण गर्नुे निर्णय गरेका हुन् ।

गाउँपालिकाले यसअघि नै यस्ता भारतीय मदिरा नियन्त्रणकालागि पहल जारी राखेको बताउदै महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा सन्दकपुर ५ का वडाध्यक्ष जित बहादुर साँवाले अव यो महोत्सवको अवसर पारेर थप प्रभावकारीरुपमा लागिने जनाए । यस्तो मदिरा वेच विखन र सेवन निषेध गर्न कडाईका साथ नियन्त्रणको प्रयास गरिरहेको भएता पनि सरोकारवाला सवैको साथ र सहयोग आवश्यक रहेको जमुना प्रहरी चौकीका इन्चार्ज हर्क सुब्बाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group