ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख १ मै भेरी–बबई सुरुङको ‘ब्रेक थ्रु’ गर्ने– निर्देशक बराल


एबीसी न्यूज
१० चैत्र २०७५, आइतबार   ९ : ४८   बजे


काठमाडौँ, १० चैत । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)ले निर्माणको जिम्मा पाएको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङको काम अन्तिम चरणमा पुगेको छ ।

काम अन्तिम चरणमा पुगे सगै नयाँ वर्षका दिन ब्रेक थ्रु गर्ने गरी काम भइरहेको आयोजनाका निर्देशक सञ्जीव बरालले जानकारी दिए ।

निर्देशक बरालका अनुसार बिहीबारसम्म ११ किलोमिटर ७ सय ५० मिटर सुरुङ खनिसकिएको छ । ‘अब करिब ४ सय ५० मिटर सुरुङ खन्न बाँकी रहेको छ,’ उनले भने, ‘बढीमा २० देखि २५ दिनभित्रै सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकिन्छ ।’ वैशाख १ मै सुरुङको ‘ब्रेक थ्रु’ गर्ने आन्तरिक तयारी भइरहेको उनले बताए । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको काम १० फेबु्रअरी २०१५ बाट सुरु भएको थियो । २८ मार्च २०२० सम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य भए पनि त्यसको एक वर्षअघि नै सुरुङ निर्माण सकिन लागेको हो । विगतमा सुस्त गतिमा काम भएको भन्ने आरोप लागेपनि निर्देशक बराल पुगेपछि भने कामले तिव्रता पाएको थियो ।

आयोजना सम्पन्न भएसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन सकिने लक्ष्य आयोजनाले लिएको छ । सुरुङ निर्माणपछि भेरी नदीको पानी प्रतिसेकेन्ड ४० घनमिटर बबईमा खसालिनेछ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक)ले निर्माणको जिम्मा पाएको थियो । सुरुङ निर्माण सुरु गरिएको ३५ महिनामा सुरुङको काम सकिएको बरालले बताए । आयोजनामार्फत हात्तीखाल आसपासका क्षेत्रमा सिँचाइ, ग्रामीण विद्युतीकरण र ग्रामीण सडक सुधारको काम पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu