ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलेजको लापरवाहीका कारण इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा


admin
१० चैत्र २०७५, आइतबार   ३ : ३४   बजे

नवलपरासी, १० चैत ।  कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । 

विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो र पाँचौँ सेमेस्टरको प्रोजेक्ट वर्कको अङ्क पोखरा विश्वविद्यालयलाई समयमै नपठाउँदा ती विद्यार्थी समस्यामा परेका हुन् । 

विसं २०७५ पुुस १२ गते नतिजा प्रकाशन हुनुपर्ने भए पनि विद्यार्थीको दबाबपछि कलेजले प्रोजेक्ट वर्कको अङ्क पोखरा युनिभर्सिटीलाई पठाएर चैत ५ गते नजिता प्रकाशन गरेको थियो ।

छैटौँ, सातौँ र आठौँ सेमेस्टर पास गरेका १६ विद्यार्थीको समेत तेस्रो र पाँचाँै सेमेस्टरको प्रोजेक्ट वर्कको नम्बरको नतिजा ढिला आएका कारणले यस वर्ष एम.ई भर्ना हुन नपाएका हुन् । तिजाअनुसार तीन विद्यार्थी सोमती गुरुङ, विवेक भट्ट र विनिता लामिछाने मौका परीक्षा दिन पाउने थिए । मौका परीक्षाका लागि फारम भर्ने अवधि गत फागुन ३० गतेसम्म रही चैत ४ र ५ गते मौका परीक्षा निर्धारण गरिएको थियो । 

पोखरा विश्वविद्यालय चैत २ र त्रिभुवन विश्वविद्यालय फागुन २१ गतेसम्म एम. ईका लागि आवेदन फारम भर्न पाउने समयावधि तोकेकाले उनीहरू बिचल्लीमा परेका हुन् । यस विषयमा कलेज प्रशासनले प्राविधिक त्रुटिका कारण नतिजा ढिलो आएकाले विद्यार्थी समस्यामा परेको कलेजका प्राचार्य हरि भण्डारीले बताउनुभयो ।

कलेजले प्रोजेक्टको अङ्क समयमै नपठाएका कारण नतिजा प्रकाशन ढिला हुँदा विद्यार्थीलाई समस्या भएको पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्माले बताउनुभयो । उक्त कलेजकै ढिलाइका कारण नतिजा प्रकाशन ढिला भएको पीडित विद्यार्थीको आरोप थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य, जोखिम भने कायमै

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu