ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायी बसपार्क कार्यान्वयनमा समस्या देखिएपछि…


admin
११ चैत्र २०७५, सोमबार   ११ : ०२   बजे

फिदिम, ११ चैत । हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ । 

शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशक अघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ । मानवीय चाप नहुँदा सवारी साधन समेत यहाँ पार्किङ हुन सकेका छैनन् । यात्रु सबै बजारमा रहने हुँदा बसपार्क प्रयोग गर्नुपर्ने आवश्यकता नै नरहेको यातायात व्यवसायीको भनाइ छ । 

फिदिम, पाँचथरसहित ताप्लेजुङ र पूर्वी तेह्रथुमको आठराइका स्थानीयको दैनिक चाप हुने बजार हो । स्थायी बसपार्कको अभावमा यहाँका यातायात व्यवसायीले फिदिम माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर अस्थायी बसपार्क सञ्चालन गरिरहेका थिए । बढ्दो मानवीय तथा सवारी साधनको चापलाई व्यवस्थित गर्न २०५१ सालबाट फिदिम नगरपालिका–२, पल्लोटारमा स्थायी बसपार्क निर्माण थालिएको थियो । १० जना स्थानीयले निःशुल्क प्रदान गरेको नौ रोपनी जमीनमा सुविधायुक्त बसपार्क निर्माण गरिएको हो । उक्त समयदेखि हालसम्म सरकारले करोडौँ रुपैयाँ लगानी गरेर स्थायी बसपार्क निर्माण गरेको हो । गत वर्ष मात्रै रु एक करोड ९० लाख बजेट बसपार्कको स्तरोन्नतिमा खर्च गरिएको नयाँ शहर आयोजना कार्यालय फिदिमले जनाएको छ । 

यात्रुको सम्पर्कभन्दा बाहिर रहेका कारण यो बसपार्क कार्यान्वयनमा कठिनाइ परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनकराज तिम्सिनाका अनुसार बसपार्कमा मानवीय चाप शून्यप्राय हुने गर्दछ । “प्रायः यात्रु सदरमुकाममा नै केन्द्रित हुन्छन्”, तिम्सिनाले भन्नुभयो, “बजारभन्दा टाढा भएका कारण सवारी साधन बसपार्कमा ल्याई पु¥याउनै समस्या छ ।” बसपार्कमा उत्रने तथा सवारी साधन चढ्ने यात्रु नै नहुने हुँदा यहाँ सवारीका साधन पु¥याउनु पर्ने बाध्यता मात्रै रहेको यातायात व्यवसायी नीलम गिरीको भनाइ छ । बसपार्कमा पु¥याउनैपर्ने बाध्यताले यात्रु र सवारी चालकले अनावाश्यक दुःख पाएको गिरीको गुनासो छ । 

सञ्चालनमा आएको बसपार्कको अनिवार्य कार्यान्वयनका लागि फिदिम नगरपालिकाले कडाइ गरेको छ । फिदिम बजारका आहालगैरी, मेनगेट, शनिबारे चोक र बरडाँडा चोकमा मात्रै सवारी साधन रोक्न, यात्रु उतार्न तथा चढाउन नगरपालिकाले निर्देशन दिएको छ । साथै बसपार्क पुगेर ‘प्रवेश पास’ लिएर मात्रै अघि बढ्ने व्यवस्था मिलाइएको छ तर, यातायात व्यवसायी नगरपालिकाको व्यवस्थाका कारण समस्या परेको गुनासो गर्छन् । बजारमा रहेका यात्रु चढाउन बजारभित्रै निश्चित समय सवारी पार्किङ गर्नुपर्ने उनीहरूको बाध्यता छ । यस क्रममा यहाँ दैनिकजसो सवारी चालक, यात्रु, प्रहरी र नगर प्रहरीबीच विवाद हुने गरेको छ । 

हालैमात्र फिदिमबाट हिलिहाङ गाउँपालिका–४, पञ्चमीका लागि छुट्ने ट्याक्सी पार्किङका विषयमा नगर प्रहरी र सवारी चालकबीच झडप भयो । “यात्रु बसपार्क पुगेर सवारी चढ्न तयार हुनुहुन्न । यात्रु चढाउन सवारी रोकेको थिएँ, नगर प्रहरीले टायरको हावा निकालिदिए”, सवारी चालक टीका बाँस्कोटाले भन्नुभयो, “हामीले अनावाश्यक दुःख पाइरहेका छौँ ।” फिदिम बजारबाट स्थायी बसपार्क पुग्न पैदलयात्रा गर्दा करीब ३० मिनेट समय लाग्छ । अटोरिक्सालगायत साधनले रु ५० भाडा लिने गर्दछन् । यसकारण यात्रु सवारीलाई आफ्नो पायकमा बोलाइ चढ्ने गर्दछन् । यस क्रममा सवारी चालक, प्रहरी र नगर प्रहरीबीच तनावको स्थिति सिर्जना हुने गरेको छ । 

मानवीय चाप, अव्यवस्थित सवारी पार्किङका कारण बढेको दुर्घटनाको सम्भावनाजस्ता कारणले स्थायी बसपार्कको कार्यान्वयन अनिवार्य रहेको फिदिम नगरपालिकाले जनाएको छ । नगरपालिकाले सार्वजनिक सूचना नै प्रकाशन गरी बजारभित्र टिकट काउण्टर सञ्चालन नगर्न र लामो समय निर्धारित स्थानभन्दा अन्यत्र सवारीका साधन पार्किङ नगर्न आग्रह गरेको छ । ग्रामीण क्षेत्रसहित ताप्लेजुङ, इलाम, विर्तामोड, धरान, तेह्रथुमको आठराईका लागि धेरै सवारीका साधन छुट्ने फिदिममा यसअघि बजारभित्रै राखिएका टिकट काउण्टर व्यवसायीले औपचारिक रुपमा मात्रै हटाएका छन् । काउण्टरको होर्डिङ बोर्ड नराखी टिकट काट्नुपर्ने बाध्यता यथावत रहेको उनीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group