ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारको लापरवाहीका कारण तीन सरकारी भवन अलपत्र


admin
११ चैत्र २०७५, सोमबार   ३ : २४   बजे

सुर्खेत, ११ चैत ।  ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन प्रालिले भुक्तानी लिएर अधुरै छाडेकाले ती भवन सात वर्षदेखि अलपत्र परेका हुन् । 

विपद् व्यवस्थापनका आवश्यक सामग्री भण्डारण गर्ने उद्देश्यले गोदाम घर निर्माण थालिएको थियो । निर्माण अधुरै रहेपनि सङ्घीय सरकारले ती भवन प्रदेशलाई हस्तान्तरण गरिसकेको छ । 

सङ्घीय आयोजना एकाइ सुर्खेत शाखाले निर्माण व्यवसायीलाई पटक-पटकपत्र पठाए पनि सम्पर्कमा नआएकाले कानूनी कारवाही गर्न बाध्य भएको जनाएको छ । एकाइ प्रमुख जगदीश लामिछानेले जिएम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी भइरहेको बताउनुभयो । 

‘‘बारम्बार सम्पर्कका लागि पत्राचार गर्दासमेत कम्पनीका प्रतिनिधि सम्पर्कमा आएका छैनन्,’’ उहाँले भन्नुभयो,“धरौटी जफत गरेर अर्को कम्पनीलाई ठेक्का दिने गरी प्रक्रिया अघि बढाउँछौं ।” 

जिएम कन्स्ट्रक्सनले विपद् व्यवस्थापनसम्बन्धी सामान राख्न गोदाम निर्माणका रु दुई करोड ९८ लाख पाँच हजारमा सम्झौता गरी रु एक करोड २६ लाख ६० हजार भुक्तानी लिइसकेको छ । यसको करीब ४५ प्रतिशत काम मात्र पूरा भएको छ । 

त्यस्तै जिल्ला कारागार रु दुई करोड ३६ लाख ९८ हजारमा सम्झौता गरी रु एक करोड ७७ लाख ४३ हजार र कटकुवा हेल्थपोष्ट रु एक करोड एक लाख ५३ हजारमा निर्माण गर्ने सम्झौता गरी रु ५३ लाख ७४ हजार भुक्तानी लिइसकेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group