ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामको रामारोशनमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान


एबीसी न्यूज
१३ चैत्र २०७५, बुधबार   ८ : २६   बजे


काठमाडौँ, १२ चैत । अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र ‘विप्लव’ समूहबीच गोली हानाहान भएको हो ।

विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको जनाएको छ। त्यसक्रममा प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन् । प्रहरिको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ ।

दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनका आधारमा त्यहाँ पुगेको प्रहरीले स्रोतले जनाएको छ।

सरकारले गएको फागुन २८ गते प्रतिबन्ध लगाएपछि प्रहरीले विप्वलका नेता र कार्यकर्ताको खोजी तीब्र पारेको छ । यसक्रममा तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली सुदर्शनसहित विभिन्न क्षेत्रका इन्चार्ज र कार्यकर्ता गरि झण्डै २ सय जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य, जोखिम भने कायमै

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu