ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार


admin
१४ चैत्र २०७५, बिहिबार   ३ : ५६   बजे

रारा, १४ चैत । जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ । 

खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो । 

थापाको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको र हेलिकप्टरको खर्च जिल्ला प्रशासन कार्यालय मुगुको सिफारिशमा महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयले व्यहोर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो । थापाको यो चौथो गर्भ रहेको र मङ्गलबार स्वास्थ्य केन्द्र ल्याइएकी थापाको पाठेघरको मुख खुले पनि बच्चा जन्मिन भने नसकेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मनोजकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । 

थापाको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको चिकित्सक तिमिल्सिनाले भन्नुभयो । तीन दिनदेखि सुत्केरी हुन नसकेर अस्पतालमा छट्पटाइरहेकी थापाको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो । 

स्वास्थ्य केन्द्रमा प्रसूति सेवासम्बन्धी सामान्य सेवाबाहेक जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र प्रेषण गर्नुको विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । 

यसअघि पनि चैत ५ गते सोरु गाउँपालिका–५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group