काठमाडौं,१४ चैत । जनकपुर बम काण्डका दोषी पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैदको फैसला सुनाइएको छ। बम विष्फोट काण्डमा दोषी ठहर गर्दै पूर्वमन्त्री संजय कुमार साह (टक्ला)लाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। झण्डै ६ वर्षअघि जनकपुरधामको रामानन्दचोकको रामानन्दद्वारमा भएको बम विष्फोटमा दोषी ठहर गर्दै तत्कालीन सांसदसमेत रहेका साहलाई जिल्ला अदालत धनुषाले बिहीबार जन्मकैदको फैसला सुनाएको हो।
अदालतबाट जन्मकैदको सजाय पाउनेमा सञ्जय साह ’टक्ला’सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेश कुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका छन्। हाल यी सबै कारागारमा विभिन्न मुद्दाहरूमा कारागारमा सजाय काटिरहेका छन्। २०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट भएको थियो। जसमा पाँच जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्