ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सम्मेलन २०७५ सुरु, प्रधानमन्त्री ओलीबाट कार्यक्रमको उद्घाटन


एबीसी न्यूज
१५ चैत्र २०७५, शुक्रबार   ९ : १३   बजे


काठमाडौं , १५ चैत । लगानी सम्मेलन २०७५ आजदेखि काठमाडौंमा सुरु भएको छ ।
सरकारले विदेशी लगानी आकर्षित गर्न भन्दै यो सम्मेलन आयोजना गरेको हो । दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ ।

काठमाडौंको सोल्टी होटलमा सुरु भएको लगानी सम्मेलनमा ४० देशका उच्चपदस्थ प्रतिनिधिसहित ६ सयभन्दा बढी लगानीकर्ता सहभागी रहेको छ । सम्मेलनमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डले लगानीकर्ता माझ ५० वटा सरकारी परियोजनाको खाका प्रस्तुत गर्नेछ भने निजी क्षेत्रका व्यवसायी १७ वटा आयोजनाका लागि विदेशी लगानीकर्तासमक्ष लगानीको खाका प्रस्तुत गर्ने तयारी गरेका छन् । सरकार तथा निजी क्षेत्रबाट ३० खर्ब रुपैया“भन्दा बढीको लगानीको अपेक्षा गर्दै ७७ वटा आयोजनाको विषयमा लगानीकर्ता समक्ष आयोजनाको चिनारी सहित आवश्यक लगानी खाका प्रस्तुत गर्दैछन् । आज र भोलि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा ३ दर्जन भन्दा बढी विदेशी उच्च पदस्थ अधिकारीले सम्बोधन गर्ने भएका छन् ।

सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टबीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन सहभागी हुने तय भएको छ । त्यस्तै विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभुति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र विकास सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्य सञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ लीले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, युनिलिभर, लगायतका विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ । सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानी अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुको प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्रा्िष्ट्रय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवलगायत ७ वटा विषयगत सत्रमा सञ्चालन हुनेछ ।

नेपाल सरकारले यस लगानी सम्मेलनमार्फत लगानीकर्तालाई नेपालमा लगानीका अवसर, लगानी प्रवर्धनका लागि सरकारले लिएको नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्ने अपेक्षा लिइएको छ । यसैगरी लगानी सम्मेलन २०७५ मा अर्थमन्त्री युवराज खतिवडा लगायत आधा दर्जन मन्त्रीले समेत सम्बोधन गर्ने तयारी भएको छ । सरकारले सम्मेलनका लागि भन्दै उद्योग, व्यापार, होटेल, जलविद्युत, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा सफलतापूर्वक व्यवसाय गरेका व्यवसायीहरुलाई सहभागी गराएको छ । सरकारले सम्मेलनका लागि भन्दै उद्योग, व्यापार, होटेल, जलविद्युत, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा सफलतापूर्वक व्यवसाय गरेका व्यवसायीहरुलाई सहभागी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group