ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका सबै तहमा पार्टी एकताको काम सकियो


admin
१५ चैत्र २०७५, शुक्रबार   ११ : ५६   बजे

घोराही, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङका १० वटै स्थानीय तहका कमिटीलाई शपथ खुवाएको छ । 

बिहीबार तुलसीपुर र घोराहीका पदाधिकारी एवं सदस्यलाई शपथ खुवाएसँगै जिल्लाका सबै तहमा पार्टी एकताको काम सकिएको हो । नेकपा जिल्ला कार्यदलका सदस्य टीकाराम खड्काका अनुसार बिहीबार घोराही र तुलसीपुर उपमहानगरका पदाधिकारी एवं सदस्यलाई बेग्लाबेग्लै कार्यक्रम गरेर शपथ खुवाएपछि जिल्लाको पार्टी एकताको काम पूर्णरूपमा सकिएको हो । तुलसीपुर र घोराहीमा बिहीबार नेकपा प्रदेश नं ५ का संयोजक शङ्कर पोखरेलले शपथ खुवाउनुभएको थियो । 

शपथग्रहण कार्यक्रममा प्रदेश संयोजक पोखरेलले यतिबेला कार्यकर्ता मिलाउने काम भइरहेको र वैशाख १० भित्रै जिल्लाका अरु भातृ सङ्गठनलाई पनि मिलाउने तयारी भइरहेको बताउनुभयो । 

जिल्लाका सबै पालिकामा अध्यक्ष र सचिवसहित १०१ सदस्यको कमिटी बनाइएको छ । जहाँ ५३ पूर्वएमाले र ४८ पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व हुने गरी कमिटी बनाइएको छ । नेकपा जिल्ला कार्यदलका संयोजक शिवकुमार आचार्यले सबै पालिकाको पार्टी एकता सकिएसँगै पालिकास्तरका कमिटी अब नियमित पार्टीको काममा खट्ने जानकारी दिनुभयो । उहाँले पालिकास्तरका वडा कमिटी गठन गर्ने, अन्य सङ्गठन निर्माण गर्ने र पार्टीको सङ्गठन विस्तारमा लाग्ने बताउनुभयो । अहिले जिल्लाका सबै स्थानीय तहमा नेकपाको सरकार रहेको हुँदा स्थानीय सरकारलाई टेवा पुग्ने काममा पनि पार्टीले ध्यान दिने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बरले नेपाल प्रहरीलाई दियो १७ सर्भिलेन्स ड्रोन

प्रहरी चौकी बेत्रावतीका असईको पौडेलको शव चितवनमा फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu