ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनौठो रोगः दुई छोरीको मृत्यु,चार छोराछोरी थला परेपछि..


admin
१५ चैत्र २०७५, शुक्रबार   ४ : १०   बजे

खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । 

तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको छ । कम्मरमुनिको भाग नचलेपछि जबर्जस्ती हिँड्ने क्रममा अँगेनामा पर्दा मनिषाको खुट्टामा घाउसमेत भएको छ । 

जम्मा १३ छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार छोराछोरीको मृत्यु भइसकेको छ । बाइस वर्षको उमेरमा साइली शर्मिला र २५ वर्षको उमेरमा काइली उषाको कम्मरमुनिको भाग नचल्ने रोगकै कारण मृत्यु भएको हो । 

विश्वकर्मा परिवारमा अहिले पाँच छोरी र चार छोरा छन् । दुईको सानै उमेरमा मृत्यु भएको विश्वकर्मा परिवारले बताएका छन् । पाँच छोरीमा जेठी छोरी सङ्गीता र कान्छी छोरी अस्मिता तथा जेठा छोरा राजेन्द्र, माइला ईन्द्रकुमार र साइला कृष्णमा अहिलेसम्म रोग देखापरेको छैन ।

सङ्गीता विवाह गरेर पराइ घर गइसकेकी छिन् । कान्छी पढ्दै छिन् । कमजोर आर्थिक अवस्थाका विश्वकर्मा परिवारमा यस्तो समस्या माइली छोरी कोपिलाबाट शुरुआत भएको स्थानीयवासी तथा जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो । 
“

शुरुमा सपाङ्ग नै विद्यालय आउथे”, उहाँले भन्नुभयो, “पढाइमा पनि अब्बल नै हुन्थे, बिस्तारै पाँच-छ कक्षा पुगेपछि त्यस्तो समस्या पर्न थालेपछि विद्यालय छाडेर बस्ने गरेका छन् ।”

हिँड्ने क्रममा खुट्टा नलाग्ने, लाटिएर ढल्ने, भनेको समयमा भनेको ठाउँमा खुट्टा नपुग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै बसिसकेकी छिन् । उनलाई कक्षा ५ पढ्दादेखि उक्त समस्या शुरु भएको आमा लक्ष्मीमायाँले बताउनुभयो । बाल्यकालमा अरु जस्तै सपाङ्ग जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोकेर लानुपर्छ । 

कम्मरमुनिको भाग नचल्ने समस्या कोपिलामा शुरु भएको १२ वर्ष पुगेको बुबा वीरबहादुरले बताउनुभयो । “यही समस्या अन्य छोराछोरीमा पनि सर्दै गएको छ”, उहाँले भन्नुभयो, “आर्थिक समस्याले उपचारमा लैजान नसक्दा थप दुई छोरीको पनि अवस्था जटिल बन्दै गएको छ ।” अनिशा र मनिषाले एसइईसम्मको अध्ययन पूरा गरेकी छन् । अनिशामा कम्मरमुनिको अङ्ग नचल्ने समस्या देखिएको पाँच वर्ष भएको पारिवारले जनाएको छ । 

सोही समस्या मनिषामा देखापरेको दुई वर्ष भयो । अनिशा, मनिषा र कोपिलालाई अहिले आमाले नै डोहो¥याएर घरभित्र-बाहिर गराउनुका साथै शौचालय लानुपर्ने बाध्यता छ । बोल्न, खान र बस्न सक्ने अवस्थाका उनीहरुको हेरचाह वृद्धा आमाले गर्नुहुन्छ । कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँड्दा उनको खुट्टाले भर दिन्न, काम्ने, लरबराउँछ । उनलाई कम्मरमुनिको भाग चलाएर हिँड्न धेरै सकस हुन्छ । 

माइली छोरीबाट शुरु भएको कम्मरमुनिको भाग नचल्ने समस्या बिस्तारै उनीहरुको परिवारका सबै सदस्यमा देखिने सम्भावना रहेको छिमेकी बताउँछन् । खेतीपातीबाहेक आयस्रोतको अन्य विकल्प नभएको विश्वकर्मा परिवारमा एक्कासी उक्त समस्या देखापरेपछि बिचल्ली भएको छ । उनीहरुमा देखिएको समस्याको उपचार नेपालमा सम्भव नहुने स्वास्थ्यकर्मीले बताएको आफन्त तथा नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो । 

भारतको गङ्गाराम अस्पतालमा मात्र उपचार हुने उनीहरुका लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने बताएपछि झनै समस्या भएको बताइएको छ । अहिलेसम्म राज्यकोतर्फबाट कुनै सुविधा नपाएका पीडित विश्वकर्मा परिवारलाई नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले नगद रु १० हजारसहित लत्ताकपडा उपलब्ध गराउनुभएको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र प्रहरी नायब उपरीक्षक राजकुमार केसीसहित पीडित परिवारको घरमा पुग्नुभएका कार्यवाहक अध्यक्ष भुसालले थप उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अहिलेसम्म नेपाली नागरिकता र अपाङ्गता परिचयपत्रसमेत नपाएका पीडित परिवारलाई घरैमा नागरिकता र अपाङ्गता परिचयपत्र लगेर वितरण गर्ने प्रजिअ पौडेलले आश्वासन दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group