काठमाडौं,१६ चैत, । लगातारको प्रश्नपत्र आउटपछि स्थगित गरिएको एसइईपछि आक्रोशित बनेका धनुषाका विद्यार्थीहरुले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा ताडफोड गरेका छन ।
परिक्षा स्थगित गरिएको विरोधमा आन्दोलनरत परिक्षर्थीहरुले धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा तोडफोड गरेका हुन । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्