ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीका लक्षित परिवारलाई निःशुल्क खाद्य सहायता


admin
१६ चैत्र २०७५, शनिबार   ३ : ३७   बजे

सुर्खेत, १६ चैत ।  कर्णाली प्रदेश सरकारले लक्षित घर–परिवारलाई निःशुल्क खाद्य सहायता उपलब्ध गराउने गरी कानून ल्याएको छ ।

स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्दै कर्णालीका प्रत्येक नागरिकलाई गुणस्तरीय खाद्यान्नमा सहज उपलब्धता एवं पहुँच स्थापित गरी खाद्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विधेयक ल्याएको हो । 

प्रदेशसभामा छलफलमा रहेको ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक–२०७५’ को दफा ४ (३) मा प्रदेश सरकार र स्थानीय तहले लक्षित घर परिवारको अद्यावधिक विवरणका आधारमा खाद्य सहायतालाई व्यवस्थित गर्न परिचयपत्र जारी गर्ने व्यवस्था गरेको छ । 

विधेयकले खाद्य तथा पोषण सहायताको प्रबन्ध गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने व्यवस्था गरेको छ । विधेयक पारित भएपछि प्रदेश सरकार वा स्थानीय तहले सुपथ मूल्य पसल वा सार्वजनिक खाद्य वितरण केन्द्रमार्फत् लक्षित समुदायलाई खाद्यान्न उपलब्ध गराउनुपर्नेछ । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा खाद्यान्न अभावको जोखिम उच्च रहेको भन्दै जनताको खाद्य अधिकार र खाद्यान्न उत्पादन अभिवृद्धि गर्न सरकार कानून निर्माणमा जुटेको बताउनुभयो । “स्थानीय तहसंग समन्वय गरेर प्रदेश सरकारले भोकमरीको जोखिममा परेका घर–परिवारको पहिचान गर्नुका साथै उनीहरुलाई खाद्यान्न वितरणको अवस्थाको सुनिश्चिता गरिनेछ”, उहाँले भन्नुभयो, “भोकमरी नियन्त्रणका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना निर्माण र कार्यान्वयन गर्न विधेयक सहयोगी बन्नेछ ।” 

मन्त्री केसीले विधेयकलाई थप परिस्कृत गर्न प्रदेशसभा सदस्यबाट संशोधनको अपेक्षा गरिएको बताउनुभयो । प्रदेशसभामा विधेयक संशोधनका लागि शुक्रबारदेखि ७२ घण्टे समयसीमा प्रारम्भ भएको छ ।

विधेयकको दफा ७ मा किसानको पहिचान र सम्मानसम्बन्धी व्यवस्था गरिएको छ । प्रदेश सरकारले किसानको क्षेत्र र अवस्था पहिचान, वर्गीकरण गर्ने र स्थानीय तहले उक्त वर्गीकरणका आधारमा परिचपत्र जारी गर्नेछन् । 

परिचयपत्रका आधारमा किसानलाई छुट, सुविधा वा सहुलियत प्रदान गरिनेछ । वर्गीकरणमा परेको खेतीयोग्य भूमीलाई बाँझो राख्ने जग्गाधनीलाई सरकारी अनुदान एवं सहयोगमा कटौती गर्ने प्रावधान राखिएको छ । सङ्घीय कानूनको अधीनमा रही प्रदेश सरकारले कृषियोग्य भूमिको दिगो व्यवस्थापन गर्नेछ । 

विधेयकमा प्राङ्गारिक उत्पादन, जलवायु परिवर्तनबाट हुनसक्ने असर न्यूनीकरण, लक्षित परिवारका लागि कृषि विकास कार्यक्रम सञ्चालन, पोषणसम्बन्धी अधिकार सुनिश्चित गर्ने, स्थानीय कृषिबाली तथा पशुजन्य उत्पादनको प्रवद्र्धन गर्ने, कृषि पेशाको संरक्षण र किसानको जीवनस्तर सुधार गर्ने, खाद्य सम्प्रभुताको अधिकार सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । विधेयक पारित भएपछि स्थानीय तहले खाद्य तथा पोषण सुरक्षा योजना अनिवार्य तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ । 

परिच्छेद ३ मा खाद्य पदार्थ, पोषण प्रयोगशाला तथा बिक्री वितरणसम्बन्धी व्यवस्था छ । कुनै पनि खाद्य पदार्थ दूषित वा न्यून गुणस्तरको छ÷छैन भन्ने जाँच गर्न प्रदेशभित्र बहुउपयोगी प्रयोगशाला स्थापना गरिनेछ । उक्त प्रयोगशाला सङ्घीय सरकारको समन्वयमा प्रदेश सरकारले नै गर्नेछ । त्यस्ता प्रयोगशाला अनुमति लिएर कुनै सङ्घ–संस्था वा निजी क्षेत्रले पनि स्थापना र सञ्चालन गर्न सक्नेछन् । 

प्रदेश खाद्य परिषद् गठन 

विधेयकको परिच्छेद ५ ले कर्णाली प्रदेश खाद्य परिषद् तथा स्थानीय खाद्य समन्वय समिति गठनको प्रस्ताव गरेको छ । विधेयकले सङ्घीय खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ को अधिनमा रही प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको अध्यक्षतामा ‘कर्णाली प्रदेश खाद्य परिषद्’ गठनको प्रस्ताव गरेको छ । 

त्यस्तै, स्थानीयस्तरमा स्थानीय खाद्य समन्वय समिति गठन गरिनेछ । प्रदेश सरकारले आवश्यकताअनुसार प्रदेश तथा स्थानीय तहमा खाद्य सुरक्षा अनुगमन प्रणालीलाई नियमित गर्न सूचना केन्द्र स्थापना गर्न सक्नेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group