ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुक्क हुनुहोस्, लगानी गर्नुहोस् : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१६ चैत्र २०७५, शनिबार   ७ : ५८   बजे

काठमाडौँ, १६ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।” 

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गर्नुभयो । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै उहाँले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गर्नुभयो । 

अध्यक्ष दाहालले प्छिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौँ सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको बताउनुभयो । यस्तै सम्मेलनले पनि नेपाल आकर्षण लगानी गन्तव्य हो भन्ने संस्थागत गरेको र लगानीका लागि योग्य स्थान हो भन्ने तथ्य स्थापित गरेको उहाँको दावी गर्नुभयो । 

नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै उहाँले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताउनुभयो । दक्षिण एशियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य छ ।” बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको अध्यक्ष दाहालको भनाइ थियो । 

ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानीका लागि महत्वपूर्ण अवसर प्राप्त भएको स्पष्ट पार्दै उहाँले सबै प्रकारका लगानीकर्तालाई खुला हृदयका साथ लगानी गर्न आग्रह गर्नुभयो । सार्वजनिक निजी क्षेत्र साझेदारीले पनि लगानीकर्ताका लागि सहजीकरण गरेको र विदेशी लगानीले आन्तरिक लगानीलाई समेत थप अभिवृद्धि गर्ने उहाँको भनाइ थियो । नेपालको आफ्नै विशिष्टतामा शान्ति प्रक्रिया सम्पन्न भएको र त्यसको ऐतिहासिक महत्व रहेको समेत अध्यक्ष दाहालले सम्मेलनलाई जानकारी गराउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group