ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ संस्कारसहितको पार्टी बनाउन एकता : अध्यक्ष दाहाल


admin
२३ आश्विन २०७४, सोमबार   २ : १०   बजे

काठमाडौँ, २३ असोज ।   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकता भन्नु नै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हो । पुरानै अवस्थामा कोही पनि रहँदैनन् । नयाँ आधारमा नयाँ पार्टी बनाउने कुरा हो ।” पार्टी एकता भन्नु नै माओवादी केन्द्रको विघटन भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले विगतको आफ्नो पार्टी हिजो मोटो मशाल विघटन नभएको भए एकता–केन्द्र बन्ने थिएन, एकता–केन्द्र विघटन नभएको भए माओवादी बन्ने थिएन भन्दै समयको मागअनुसार पार्टी बन्ने र एकीकृत हुने भएकाले यसलाई अन्यथारुपमा नलिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी विघटन हुँदैहुँदै माओवादी केन्द्रसम्म आयौँ, त्यसले नेपालमा गणतन्त्र र संघीयता सम्भव भयो । अब यसलाई अब बन्ने पार्टीले देशमा समाजवादी क्रान्ति सम्भव छ । हामी सो दिशामा केन्द्रित छौँ ।”

उहाँले समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न विशाल शक्ति सञ्चयका लागि वाम तालमेल र एकताको प्रयास थालिएको बताउँदै यो एकताले देश परिवर्तका लागि ठूलो तागत सिर्जना हुने दाबी गर्नुभयो । राजनीतिक पार्टी पोखरी जस्तोे जमेर बस्यो भने क्रान्तिको प्रवृत्ति सकिने भन्दै उहाँले जोखिम मोल्न र चलायमान बन्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अबको नयाँ क्रान्तिको शुरुवात तपाईं हामीले गर्ने हो, जमेको पोखरी जस्तो बनेर हुँदैन ।” माओवादी एमालेमा विलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले एमाले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षताजस्ता माओवादीका मुद्दा सुदृढ गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “पार्टी एकता माओवादीको एमालेकरण र एमालेको माओवादीकरण होइन । यो नयाँ आधारमा पार्टी बनाउने विषय हो ।”

कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले पार्टी एकता हुने विषयलाई सकारात्मकरुपमा अगाडि बढाएर देश र जनताको मन जित्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि दुविधा नराख्न र पार्टीलाई गतिशील र प्रभावकारी बनाउन युवा शक्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।

वाइसिएलका इञ्चार्जसमेत रहनुभएका नेता मणि थापाले आगामी निर्वाचन सफल बनाउन युवा शक्तिको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले निर्वाचन सफल बनाउन र वाम एकतालाई तार्किक निष्कर्षमा पु¥याउन आफूहरु प्रतिबद्ध भएर लागेको र प्रक्रियासमेत शुरु भइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group