काठमाडौ २१ असोज । पूर्वप्रधानमन्त्री तथा पार्टी एकता संयोजन समितिका नेता डा. बाबुराम भट्टराईले बाम गठवन्धनको मुख्य नेता केपी ओली भएको बताउनु भएको छ ।
नेता डा. बाबुराम भट्टराईले बाम गठवन्धनको मुख्य नेता केपी ओली भएको बताउनु भएको छ । एकताको पहल र ऐतिहासिक आवश्यकताले ओलीका अघि ऐतिहासिक अवसर आएको बताउनु भयो । एबीसी न्युजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै डा. भट्टराईले केपी कसैकसैले प्रचार गरेजस्तो भारतविरोधी नभएर नेपाली वादी नेता रहेको तर्क गर्नुभयो । उहांले भन्नुभयो राजनीतिक स्थिरता कायम गरेर देशलाई आर्थिक सम्वृद्धिको बाटोमा अघि बढाउने वामपन्थी गठवन्धनको मुख्य उद्धेश्य रहेको दावी गर्नुभयो ।
सबैका लागि आर्थिक सम्वृद्धिको नारा नै आफूहरुको चुनावी एजेण्डा हुने बताउनु भयो ।
चीन र भारतको सहयोग लिएर नै देशलाई आर्थिक उन्नतीको बाटोमा लैजाने भट्टराईको तर्क छ । नयां पार्टी परम्परावादी कम्युनिस्ट पार्टी नभएर आधुनिक लोकतान्त्रिक समाजवादी पार्टी बन्ने भट्टराईको व्याख्या छ । बलियो वामपन्थी सरकारले दुवै छिमेकीसंग सन्तुलित सम्वन्ध बनाएर नेपालको विकास साझेदार बनाउने भट्रार्यले बताउनु भयो । भट्टराईको आशा छ बेइजिङको रेल र गोरखपुरको रेल काठमाडौं आउंछ, कोही आत्तिनु पर्दैन ।
एक अर्को प्र्रसंगमा डा. भट्टराईले चुनाव सुनिश्चित गर्नका लागि कांग्रेस आत्तिने भन्दा यही सरकारलाई राष्टिय स्वरुप दिनु उपयुक्त हुने सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्