ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको एक वर्ष, विकास निर्माणका हिसाबले उल्लेख्य प्रगती


एबीसी न्यूज
३ बैशाख २०७६, मंगलबार   ५ : ५३   बजे


काठमाडौँ, ३ वैशाख ।  दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा केही आशालाग्दा काम सुरुवात गरेर देखाइ दिएको छ । सरकारले गएको १ वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, श्रमिकको ज्याला वृद्धि,साना किसानको ऋण मिनाहा, सिन्डिकेट खारेज जस्ता कार्यक्रमले समृद्ध नेपाल बनाउन प्रयास भएको देखिन्छ । यस्तै २०७५ बिकास निमार्णको गतिलाई हेर्दाे केही आशा लाग्दा परियोजना निमार्ण भएको छ ।

२०७५ सालले बिकास निमार्णको थालनि गरेर बिदा भएको छ । आर्थिक समृद्धीको सपनाको पहिलो वर्षले इच्छा शक्ति भएको खण्डमा नेपालमा तिब्र बिकास सम्भव भएको स्पष्ट बाटो देखाएको छ । समृद्धीको एक दशकको १ वर्ष पुरा सकिएको छ । समृद्धीको दोस्रो वर्षको सुभारम्भ भइसकेको छ ।

नेपालीहरुको वर्षौंदेखिको विकासको व्यग्र प्रतीक्षालाई २०७५ ले केही हदसम्म भएपनि संवोधन गरेको छ । समृद्धको दश वर्षलाई समृद्धिको एक वर्ष विकास–निर्माणका हिसाबले उल्लेख्य प्रगतीको रुपमा हेरिएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म बिकास निमार्णमा कामले तिब्रता पाएको छ । स्थानीय सरकारको पहलमा बिकास निमार्णका कामहरु सुचारु हुने वर्ष बनेको छ २०७५ । राजनीतिक स्थिरतासंगै आर्थिक विकासको सकारात्मक वातावरणको रुपरेखा कोर्न समेत सफल भएको छ बर्ष २०७५ । भर्खरै सम्पन्न भएको लगानी सम्मेलनबाट समेत स्वदेशी र विदेशी निजी क्षेत्रले १७ खर्ब रुपैयाभन्दा बढी लगानी गर्ने प्रस्ताव आएको छ । यो प्रस्तावलाई कार्यान्ययन गर्न सकेको खण्डमा समृद्ध नेपाल निमार्णको एक दशकमा बिकास निमार्णले फड्को मार्ने निश्चित छ ।

बिकास निमाणलाई हेर्ने हो भने ४ सय ५६ मेगावाट क्षमताको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । २०७६ को सुरुवातमै उत्पादन सुरु हुने देखिन्छ । ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए विद्युत् आयोजना सम्पन्न भई बिजुली उत्पादन हुदै छ । १४ मेगावाटको कुलेखानीतेस्रो जलविद्युत् आयोजना समेत अन्तिम अवस्थामा रहेको छ । निजी क्षेत्रबाट निर्माण भइरहेका साना ठुला गरि दर्जनौं जलविद्युत् आयोजना निमार्णको अन्तिम चरणमा छन ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना २०७५ मै आउने बतँईतापनि अन्तिम चरणमा आएर रोकिएको छ । २०७६ मा मेलम्ची आउने पक्का पक्की देखिएको छ । भैरहवामा निमार्णाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलले तिब्रता पाएको छ । संम्भवत २०७६ मा दुबै बिमानस्थल सञ्चालनमा आउने छन । काठमाडौ हौटांैडा ७६ किलोमिटरको फास्टट्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

यसै वर्ष टेन्डर गरी मुख्य संरचना निर्माण थालिने छ । धरहरा, रानी पोखरीको निमार्णको काम अघि बढाईको छ । भूकम्पले क्षति पु¥याएर धार्मिक तथा सास्कृति सम्पदाको पुननिमार्णको कारण अन्तिम चरणमा २०७५ सालले पु¥याएको छ । २०७५ सालले मुलुकको बिकास निमार्ण देखाएर बिदा भएको छ । २०७५ मा जुन बिकास निमार्णको काम भयो त्यसले साच्चैकै नया नेपाल निमार्णमा योगदान दिने पक्का छ । एक वर्षमै देश कायापलट हुने सक्ने अवस्थाको मार्गचित्र र समृद्धिको सपना देखाएर बर्ष २०७५ हामीबाट बिदा भएको छ । २०७६ सालको आगमनसगै २०७५ को समीक्षा बिभिन्न तहमा गरिदै आएको छ। २०७५मा समृद्धिको आधार तयार पार्ने केही आशालाग्दा काम भएका छन । वर्ष २०७५ नेपालको बिकासको गतिलाई सहज ढंगबाट अगाडी बढाउनेका लागि सफल भएको छ । लामो समय देखि बिकासको काम नभइरहेको अबस्थामा भविष्यका उज्जालो छर्ने बिकास निमार्णको काम भएको छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

East Jerusalem Vocational College Faces Closure as Israeli Actions Escalate

Gaza Farmer Returns to Beloved Grapevines After War’s Devastation

Iran Admits Economic Strain From Conflict, Vows Pursuit of Diplomacy

Israeli Settlers Surround Palestinian Home, Set Fires in West Bank Village

Norway Mourns King Harald V as Son Ascends to Throne

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu