ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राष्ट्रपतिबाट उदघाटन[फोटो फिचर]


sharan sharan
५ बैशाख २०७६, बिहिबार   १० : २०   बजे

नेपालगन्ज, ५ बैशाख । गत चैत्र २७ गतेबाट प्रदेश ५ का विभिन्न जिल्लामा सुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन गरिएको छ । बाँकेको नेपालगन्ज रगंशालामा भव्य समारोहका बिच राष्ट्रपती विद्यादेवी भण्डारीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको शिर उच्च राख्ने प्रयास खेलाडिहरुले गरिरहेको भन्दै खेलाडिहरुको प्रशंसा गरिन् । ‘राष्ट्रिय झण्डा फहराएर देशको शिर उच्च खेलाडिहरुले राख्ने प्रयास गरिरहेका छन्’ उनले भनिन्, ‘खेलाडीहरुले अब खेलका साथै आफ्नो शिक्षालाई पनी ध्यान दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य समेत रहेको बताइन् । ‘सरकारले लिएको लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई खेलकुदको माध्यामबाट सहयोग पुग्न सक्छ’ उनले भनिन्, ‘देशको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक हुन्छ ।’ तयारी र लगानी अनुसार बाँकेको नेपालगन्जले दोस्रो पटक अवसर पाएको भन्दै राष्ट्रपती भण्डारीले खेलकुद क्षेत्रको विकासमा सबैजना लाग्नुपर्नेमा जोड दिइन् ।

उदघाटन समारोहमा बोल्दै प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले आठौं राष्ट्रिय खेलकुद कोसेढुङगा सावित हुने बताए ।

उदघाटन समारोहमा भेषभुषा, धर्म सम्प्रदाय, सांस्कृतिक कला झल्किने झाँकी प्रदर्शनी गरिएको थियो भने खेलाडिहरुले मार्चपास समेत गरेका थिए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलमा ५२११ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । ३७२ स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दिप प्रज्वलन ओलम्पियन खेलाडी सुरेन्द्र हमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group