ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल शुरु


एबीसी न्यूज
६ बैशाख २०७६, शुक्रबार   ८ : ३४   बजे



काठमाडौं, ६ वैशाख । प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबारदेखि संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकमा सैद्धान्तिक छलफल शुरु भएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि यस संरचना अन्र्तगत राज्यका विभिन्न निकायको अधिकार बाँडफाँड गर्ने सन्दर्भमा सबैभन्दा बढी असन्तोष कर्मचारी वृत्तमा रहेको परिवेशमा यो विधेयक कसरी पास गरिएला भन्ने आम चासोको विषय बनेको छ ।

विधेयकको विषयमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नयाँ विधेयक भएपनि विगतका निजामति ऐनमा भएका धेरै कुरालाई आधार बनाएर र परिवर्तित संरचना अनुसार विधेयक ल्याइएको बताए । स्वास्थ्य सेवासँग सम्बन्धित कुराहरुलाई नयाँ ढंगले ल्याइएको, क्लष्टरलाई स्थापित गरिएको खुल्ला र आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गरिएको र समायोजनबाट स्थानिय तहमा पुगेका कर्मचारीको वृति विकासमा कुनै बाधा नपुग्ने उनको भनाइ छ ।

ज्यालादारी र करार कर्मचारी कम लिदैँ स्थायी कर्मचारी भर्तिमै जोड दिने मन्त्री पण्डितको भनाइ छ । ट्रेड युनियनलाई व्यवस्थित र मर्यादित बनाउने, राष्ट्रसेवकलाई अनुशासित तुल्याउने, संघ, प्रदेश र स्थानीय तहको अन्र्तसम्बन्धलाई मजबुद बनाउने गरि विधेयक ल्याइएको मन्त्री पण्डित बताउँछन् ।

सांसद गणेश पहाडीले व्यवस्थापिका संसदले कानुन बनाउनुपर्नेमा ८० प्रतिशत कानुन सरकारले बनाउने गरेको र प्रत्यायोजित व्यवस्था राख्ने गरेकोले संसदको गरिमामाथि प्रश्न चिन्ह उठेको बताए । ऐनको प्रत्यायोजित व्यवस्था हटाएर सम्पूर्ण काम समितिले गर्नुपर्ने उनको भनाइ छ ।

सांसद कृष्णभक्त पोखरेलले विधेयकमा उल्लेख प्रशासकीय अदालत सम्बन्धी व्यवस्थालाई पुर्नलेखन गर्नुपर्ने, पिछडिएको क्षेत्र तोक्दा पुर्नविचार गर्नुपर्ने विशिष्टीकृत सेवामा क्लष्टर बनाउनेकुरा न्यायोचित नभएकोले सच्याउनुपर्ने बताए । उमेर हदको सन्दर्भमा पनि विचार गर्नुपर्ने उनको भनाइ छ ।

कर्मचारी समायोजनमा विभेद भएको, अन्याय भएको भनेर कर्मचारीहरु आन्दोलनमा छन् । कर्मचारी वृतमा एक प्रकारको त्रास र अन्योलताको अवस्था सिर्जना भएको छ । कर्मचारीको आन्दोलन पनि पटकपटक हामिले भोगिरहेका छौ । समायोजनमा स्थानीय तहमा जाने कर्मचारी संघमा आउन नपाउने व्यवस्थाले कर्मचारीको वृति विकास र प्रगतिको बाटो रोकिएर देशलाई नै घाटा पुग्न जाने भन्दै सांसद सरिता न्यौपानेले त्यसलाई सच्याउनुपर्ने बताइन् ।

संविधानमा नै व्यवस्था भएको समानुपातिक, समावेशी सिद्धान्तलाई यो विधेयकले आत्मसात गर्न नसकेको भन्दै सांसद विमला विश्वकर्माले दलित, महिलाहरुलाई आरक्षण दिई विभेदरहित ऐन, कानुन निर्माण गर्नुपर्ने धारणा राखिन् ।

कर्मचारी देशको स्थायी सरकार हो । कर्मचारी संयन्त्रलाई फुर्तिलो र व्यवस्थित बनाउन सके राज्य सञ्चालन सहज हुनेछ । त्यसो त संघीय निजामति विधेयकले भोली बन्ने प्रदेश र स्थानीय तहको कर्मचारी ऐनलाई पनि निर्देशित गर्छ । दिर्घकालसम्मका लागि सोचेर लामो छलफलबाट यो विधेयकलाई सर्वस्वीकार्य बनाउनेतर्फ ध्यान पुर्याउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

East Jerusalem Vocational College Faces Closure as Israeli Actions Escalate

Gaza Farmer Returns to Beloved Grapevines After War’s Devastation

Iran Admits Economic Strain From Conflict, Vows Pursuit of Diplomacy

Israeli Settlers Surround Palestinian Home, Set Fires in West Bank Village

Norway Mourns King Harald V as Son Ascends to Throne

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu