ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ, ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता


एबीसी न्यूज
६ बैशाख २०७६, शुक्रबार   ९ : ०३   बजे

काठमाडौँ, ६ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको छ । महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो ।

बिदाइ कार्यक्रममा महानिरीक्षक खनालले संयुक्त राष्ट्रसङ्घको तर्फबाट शान्तिदूतका रुपमा खटिने भए पनि मिसनमा खटिने प्रहरी कर्मचारीले देश र सङ्गठनको प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रप्रति समर्पणभावसँगै दिएको जिम्मेवारी उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा स्थानीय रीतिरिवाज, परम्परा र मौलिकताप्रति सदैव संवेदनशील रहनुपर्ने बताउँदै मिसनमा रहँदा उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो ज्ञान, सीप एवं कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा युएन महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले १८० जनाको प्रहरी टोली वैशाख ९ र १६ गरी दुई चरणमा मिसन जान लागेकोे जानकारी दिनुभयो । मिसनमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक नौ, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान पाँच र प्रहरी कार्यालय सहयोगी ६ जना रहनुभएको छ ।

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता

सरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ । धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो ।

भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी, सिपाही र हवल्दारका लागि ४० प्रतिशत, प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकका लागि २० प्रतिशत र प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकका लागि १० प्रतिशत भत्ता पाउने व्यवस्था भएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले आफ्नो तलबको आधारमा भत्ता पाउनेछन् ।

सरकारले विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत कमिसन ट्राफिक प्रहरीलाई दिने निर्णय गरेपछि आर्थिक वर्ष २०७०÷७१ मा मात्र ट्राफिक प्रहरीले अतिरिक्त भत्ता पाएका थिए । ट्राफिक प्रहरीले भत्ताकै लागि सवारी चालकसँग जथाभावी पैसा लिए भन्ने व्यापक गुनासो आएपछि सरकारले विसं २०७४ जेठ १५ गते उक्त कमिसन हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सरकारले ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने निर्णयसँगै ट्राफिक प्रहरीको मनोबल बढेको बताउनुभयो ।

“जो धुवाँ, धुलो, घाम, पानी नभनी सडकमा खटिन्छन् त्यसलाई भत्ता दिने निर्णय गरेर सरकारले राम्रो काम गरेको छ”, उहाँले भन्नुभयो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक हजार ८३ दरबन्दी भए पनि एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

East Jerusalem Vocational College Faces Closure as Israeli Actions Escalate

Gaza Farmer Returns to Beloved Grapevines After War’s Devastation

Iran Admits Economic Strain From Conflict, Vows Pursuit of Diplomacy

Israeli Settlers Surround Palestinian Home, Set Fires in West Bank Village

Norway Mourns King Harald V as Son Ascends to Throne

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu