ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवस, नेकपाको पार्टी एकताको प्रक्रिया टुंगिएको घोषणा


एबीसी न्यूज
९ बैशाख २०७६, सोमबार   ८ : २१   बजे


काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ । सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ । यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ ।

शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिष्ट पार्टीले थुप्रै टुटफुट र एकताको श्रृङ्खला पार गर्नुपरेको छ । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

सिद्धान्ततः माक्र्सवाद र लेनिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिस्ट पार्टीमा समयक्रममा मतभेदसँगै अनेक विभाजन आए । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा २२ अप्रिल विसं २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा–पत्र जारी गरिएको थियो ।


पार्टी स्थापनाको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला अध्यक्ष र सचिवको नाम, मध्याह्न १२ बजे प्रज्ञा भवनमा सार्वजनिक गर्ने भएको छ । (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला अध्यक्ष र सचिवहरुको नाम बालुवाटार आइतवार साँझको बैठकले जिल्ला नेतृत्व टुंगाएको हो।

सचिवालय बैठक अघि दुई अध्यक्ष छुट्टै बैठक बसी नाम टुंग्याएर सचिवालय बैठकमा प्रस्ताव पेश गरेका हुन्। बैठकले सबै जिल्ला नेतृत्व टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । आज नेकपाको घोषणा दिवसको अवसरमा एबीसी न्यूज टेलिभिजनका अध्यक्ष तथा सम्पादक, नेपाल मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कँडेलले लेख्नुभएको ऐतिहासिक एकताका आधार र द सेभ ल्याडिङ पुस्तकको विमोचन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९, २ हजार ३०१ जनाको उद्धार, २७ प्रहरी अझै सम्पर्कविहीन

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?

६० घण्टापछि बाढीमा पुरिएकी बालिकाको जीवितै उद्धार

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

East Jerusalem Vocational College Faces Closure as Israeli Actions Escalate

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu