काठमाडौँ, १० वैशाख । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ ।
प्रतियोगिता यही वैशाख २२ देखि २६ गतेसम्म हुने छ । नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथीभरा क्लबको सह आयोजनामा सो प्रतियोगिता हुन लागको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिनुभयो । सो प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र विश्व विद्यालयको टोली सहभागी हुनेछ ।
प्रतियोगिताको विजेताले रु तीन लाख ५१ हजार ५००, उप–विजेताले रु एक लाख ७६ हजार २५१ र सेमिफाइनलमा पराजित हुने दुवै टोलीले जनही रु ५० हजार पुरस्कार पाउनेछन् । लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियोगिताको खेल ताप्लेजुङको मौवाखोला गाउँपालिका– ३ साघुस्थित नारायणी माविको खेल मैदानमा हुनेछ । –––
प्रतिक्रिया दिनुहोस्