ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता


एबीसी न्यूज
११ बैशाख २०७६, बुधबार   ११ : २५   बजे

पटना, ११ वैशाख । २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ ।

पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो ।

अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बङ्गलादेश तृतीय भएको अलइन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुइ स्वर्ण पदक प्राप्त गरिन् । रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतको पुनामा भएको प्रतियोगितामा समेत स्वर्ण पदक प्राप्त गरेकी थिइन् । रानासँगै सिनियरतर्फ सन्तु थारू ५५, छिरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए ।

१९ वर्षमुनिको जुनियरतर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे । १७ वर्षमुनिको (सव जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

१४ वर्षमुनिको (केडर) उमेर समूहमा प्रियङ्का थापा ५५, इशा सारु ४०, शाहील गुरुङ ३५, जप्वन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

यसैगरी १० वर्षमुनिको (सवकेडर) उमेर समूहमा अमीषा पोखरेल ३०, आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक हात पारको मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, बिपीन राना र सञ्जयकुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे ।

भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायतका देशका २२१ खेलाडीले भाग लिएको च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको कराँते महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भरतबहादुर केसीले बताउनुभयो । विदेशी भूमिमा जित हासिल गरेर खेलाडीले देशको नाम राखेकामा आफूलाई गर्व लागेको जापान गोजुरीयो कराँते डो मिसन सङ्घका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक केबी रानाले बताउनुभयो ।

यसअघि भारतको पुनामा सम्पन्न च्याम्पियनसिपमा १४ स्वर्ण पदक तथा २०१७ मा दिल्लीमा सम्पन्न भएको साउथ एशियन च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित विजेता बनेको नेपालले फेरि इतिहास रचेकामा गौरव महसुस भएको मिसन सङ्घका रुपन्देही अध्यक्ष उमेश थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group