ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशन तत्काल गर्न सभापति देउवालाई दवाव


admin
२२ बैशाख २०७६, आइतबार   २ : २०   बजे

काठमाडौं,२२ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ ।

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गर्नु भयो ।

आईतबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको पनि बताउनु भयो ।

आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा काँग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ ।

वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको पनि दोहो¥याउनु भयो । कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति विमलेन्द्र निधिलेसंघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । उहाँले संक्रमणकालका बाँकि कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दावी समेत गर्नु भयो ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दावी पनि गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group