ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राष्ट्रिय जागरण’लाई सफल बनाउन विविध कार्यक्रम


एबीसी न्यूज
२२ बैशाख २०७६, आइतबार   ५ : ४४   बजे


वैशाख, २२ काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । काङ्गे्रसले यही वैशाख २५ गतेदेखि मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणअन्तर्गतको एकमहिने कार्यक्रम प्रारम्भ गर्दैछ ।

बैठकले पार्टीका महाधिवेशन प्रतिनिधिको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने, सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । त्यस्तै काङ्ग्रेसले आफ्नो पार्टीबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौँमा आयोजना गर्ने, पार्टीका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गराउने भएको छ ।

विदेशस्थित जनसम्पर्क समितिमा आबद्धलाई प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने, सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काङ्ग्रेस मेला’ को आयोजना गरिने सचिव आचार्यले जानकारी दिनुभयो । बैठकले समसामयिक राष्ट्रिय विषय र अन्तर्राष्ट्रिय विषयका विचार–गोष्ठी÷छलफल, बहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

साथै नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, काङ्ग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन आदिको विषयमा जानकारी दिन र काङ्ग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन उमेर समूहअनुसार विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने निर्णय पनि गरेको छ । पार्टीको विधानमा व्यवस्था भए बमोजिम काङ्ग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नु पूर्वप्रशिक्षण लिएको हुनैपर्नेे भएकोले सबै क्रियाशील सदस्यका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group