ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदको गुनासो – कर्णालीको नून र चामल बाटामै बेचिन्छ


एबीसी न्यूज
२२ बैशाख २०७६, आइतबार   ५ : ५५   बजे


वैशाख, २२ काठमाडौं । राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नून बेचिन्छ, चामल बेचिन्छ ।

अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद महतले कर्णाली प्रदेशलाई नीति तथा कार्यक्रममा समावेश नगरेकामा गुनासो गर्नुभयो । उहाँले कर्णालीका लागि गएको नुन चामल बाटामा बेच्नेहरुमाथि कारवाही गर्न पनि माग गर्नुभयो ।

केही दिन पहिले जाजरकोटमा नेपाल खाद्य संस्थानले पठाएको चामल बाटामा नै बेचिएको समाचार सार्वजनिक भएको थियो । सांसद महतले भन्नुभयो, “नीति तथा कार्यक्रम राम्रो छ, यो मेरो पार्टीको सरकार हो तर कर्णालीलाई जुन उचाइबाट सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो त्यसो भएन, त्यसमा कमजोरी भएको छ ।” कर्णालीका जनताले सिटामोल र अहेव खोजिरहेको भए पनि गणतन्त्रमा समेत जनशक्ति नपाएको गुनासो गर्नुभयो । सांसद महतले भन्नुभयो, “हामी कर्णालीमा डाक्टर खोजिरहेका छाँै तर सुगम क्षेत्रका तपाईंहरु डाक्टर अब बढी भयो भनिरहनुभएको छ । हामी खरिदार मुखिया खोजिरहेका छौँ, तपाईंहरु रोजी रोजी सचिव फेरिरहनुभएको छ । हामी उता खच्चड र ट्याङ्करलाई माला लगाइरहेका छौँ, तपाईंहरु विमानस्थल ठूला ठूला बनाउने भनिरहनुभएको छ ।

ठूला विमानस्थल पनि बनाउने हो तर कर्णालीलाई पनि सम्बोधन गर्नुप¥यो भन्ने मेरो भनाइ हो ।” अर्काे प्रसङ्गमा सांसद महतले चेस खेलाडीको उदाहरण दिँदै भन्नुभयो, “आफूले खेल्दा सही चाल नचाल्ने, अरूले खेल्दा भने यो चाल र ऊ चाल भन्ने भएजस्तै भएको छ नेपाली काङ्ग्रेसको हालत ।” सांसद महतको धारणामाथि प्रतिक्रिया जनाउँदै काङ्ग्रेसका सांसद सञ्जयकुमार गौतमले भन्नुभयो, “चेस खेल्दा यसो गर उसो गर भनेको होइन । तथ्यमा रहेर विरोध गरेको हो ।” उहाँले सरकारको नीति तथा कार्यक्रम ‘बोल्ड डिपार्चर’ हुने अपेक्षा राखेको भए पनि अनावश्यक कुरा राखेर तथ्यमा आधारित नभएको बताउनुभयो ।

सांसद गौतमले भन्नुभयो, “प्रधानमन्त्री एक महीना पहिले (गत चैत)मा देशभर आठ सय किलोमिटर सडक कालोपत्र भयो भन्नुहुन्छ तर एक महिनापछि नीति तथा कार्यक्रममा एक हजार ६०० किलोमिटर सडक कालोपत्र भयो भन्ने आएको छ । एक महीनाको बीचमा यति धेरै बाटो कसरी कालोपत्र भयो ?” उहाँले पूँजीगत खर्च ३८ प्रतिशत मात्रै भएको छ भन्दै पूर्वाधारका क्षेत्रमा सोचेअनुसारको काम नभएको आरोप लगाउनुभयो ।

काङ्ग्रेसकै राजेन्द्रकुमार केसीले माथिल्लो तामाकोशीजस्ता ठूला परियोजना समयमै सकिएको भए देशको कूल गार्हस्थ्य उत्पादनमा ठूलो परिणाम प्राप्त हुने बताउनुभयो । उहाँले ठूला परियोजनालाई समयमै सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । काङ्ग्रेसकै सत्यनारायण खनालले सिटामोल नपाएका जनतालाई सिटामोल पाउने र भोकै रहेका नागरिकलाई भोको रहनु नपर्ने व्यवस्था गर्ने नीति तथा कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीको कथा कति दर्दनाक छ ? महिलाको पीडा कति भयावह छ ? यसतर्फ नीति कार्यक्रमले बोल्नुपर्ने होइन र ?” नेकपाका गौरीशङ्कर चौधरीले आर्थिक समृद्धि र विकासका लागि उत्पादन वृद्धि गर्ने योजना अगाडि सारिएकाले कृषि क्षेत्रमा थप लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले थारू समुदायमा देखिएको सिकलसेल एनिमियाको रोकथामका लागि प्रभावकारी रुपमा चिकित्सक परिचालन गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group