ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ को स्थायी राजधानी विराटनगर


एबीसी न्यूज
२२ बैशाख २०७६, आइतबार   ६ : ४५   बजे


वैशाख, २२ काठमाडौं । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै हुने भएको छ । नेकपा प्रदेश संसदीय दलको आजको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।


संसदीय दलको निर्णयबारे जानकारी दिदै प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले राजधानी बिराटनगर नै रहने निर्णय गरेको बताउनुभयो । ९३ सांसद रहेको यो प्रदेशमा नेकपाका ६७ सांसद् छन् । २ तिहाइ मतले नाम र राजधानी टुंग्याइने संवैधानिक व्यवस्था छ ।

नेकपाको यो संख्या निर्णय गर्नका लागि पर्याप्त छ । संसदीय दलको बैठकमा कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना इटहरी, विराटनगर, सुन्दरहरैंचा आसपासमा संरचना निर्माण गर्ने निर्णय भएको छ । प्रस्ताव पेश गर्न आज ५ बजेसम्मको समय दिइएको थियो । आजसम्म छलफल गर्ने भन्दै गत बिहीबार संसदको बैठक सूचना टा“सेर स्थगित भएको थियो ।

धनकुटालाई राजधानी बनाइनुपर्छ भन्दै आएका नेकपाका ४ सांसदहरुले संसदीय दलको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेको धनकुटाको ‘ख’ प्रदेशबाट निर्वाचित सांसद इन्द्रमणी पराजुलीले बताउनुभयो । धनकुटामा नेकपाका ४ सांसद छन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता केदार कार्कीले कांग्रेसले पनि बिराटनगर नै राजधानी राख्ने प्रस्ताव दर्ता गरेको बताउनुभयो । कांग्रेसलाई संघीय समाजबादी फोरम नेपालले पनि समर्थन गरेको छ । धनकुटाका नेपाली कांग्रेस र संघीय समाजबादी फोरम नेपालका सांसदले धनकुटालाई नै राजधानी बनाइनुपर्छ भन्ने छुट्टै प्रस्ताव दर्ता गराएका छन् । संसदको अर्को बैठक नबोलाइएकाले यो निर्णय कहिलेसम्म हुन्छ भन्ने टुंगो छैन ।

संसदको बैठक बसेको झण्डै १४ महिनापछि मात्र राजधानीको प्रस्ताव दर्ता भएको हो । नामको भने अझै टुंगो छैन । ७ वटा प्रदेशमध्ये अझै १, २, ३ र ५ नम्बरले नाम र राजधानीको टुंगो लगाएका छैनन् । कति समयमा टुंग्याउने भन्ने संवैधानिक व्यवस्था नभएकाले प्रदेशहरुले यो विषयलाई महत्व दिएका छैनन् । सबैभन्दा पहिले ६ नम्बर प्रदेशले नाम र राजधानी टुंग्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group