ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनगणनालाई विश्वसनीय बनाउनुपर्ने


एबीसी न्यूज
२३ बैशाख २०७६, सोमबार   ९ : ४७   बजे

चितवन, २३ वैशाख । जनगणनालाई विश्वसनीय बनाउनुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रियामा वक्ताले जनगणनाको तथ्याङ्कलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई विश्वसनीय बनाउन आवश्यक रहेको बताएका हुन् ।

जनगणनाको कामलाई प्रभावकारीरूपमा अघि बढाउन स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय महत्वपूर्ण रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेको तथ्याङ्क अनुमानको भरमा आउन नहुने बताउनुभयो । अनुमानको भरमा आएको तथ्याङ्कले विकास निर्माणका कामलाई असहज बनाउने बताउँदै उहाँले वास्तविकतामा आधारित तथ्याङ्क आउन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय योजनामा समेटिएका विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई जनगणनाले प्रभावित पार्ने बताउनुभयो । वास्तविक तथ्याङ्क आउन नसके हरेक काममा असहज हुने भन्दै उहाँले स्थानीय तहको परिचालन गर्न सक्नु आजको आवश्यकता रहेको बताउनुभयो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अहिलेसम्मका गणना त्रुटिपूर्ण रहेको भन्ने आभाष आम नागरिकमा रहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष अरुण पीडित भडारी, प्रध्यापक युवराज पराजुली, अम्बिकालाल श्रेष्ठ, केदार भण्डारीलगायतले जनगणनालाई विश्वसनीय बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डिल्लीराज ओस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले जनसङ्ख्याको परिवर्तन, लैङ्गिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था र प्रयोग गरेको जग्गा, शिक्षा, श्रम गर्नसक्ने जनशक्ति विषयमा पनि तथ्याङ्क सङ्कलन गरिने जानकारी दिनुभयो । त्यसैगरी प्रजनन दर, अपाङ्गता, बसाइँसराइ, भविष्यमा हुने जनसङ्ख्याको आँकलनलगायतका विषयमा पनि तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो । त्यसैगरी जातजाति, धर्म, मातृभाषा, दोस्रो भाषा र नेपालमा बसोबास गर्ने विदेशी नागरिकको पनि तथ्याङ्क सङ्कलन हुने लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैवाहिक स्थिति र पहिलो विवाह हुँदाको उमेर, अपाङ्गता भएका व्यक्तिको विवरण, शिक्षा तथा साक्षरता, जन्मस्थल तथा बसाइँसराइ, महिलाको प्रजनन स्थिति, आर्थिक क्रियाकलाप बारेमा पनि तथ्याङ्क लिइने छ ।

तथ्याङ्क सङ्कलनपछि गरीबीको दर, मानव विकास सूचकाङ्कका सूचक, बहुआयामिक गरीबी सूचकाङ्क, रोजगारी तथा बेरोजगारी दर, कुपोषण, गर्भ निरोधको साधन प्रयोगदर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरणसम्बधी सूचक जानकारी लिन सकिने लामिछानेले बताउनुभयो । तथ्याङ्क सङ्कलनमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गरिने छ । देश सङ्घीयतामा गइसकेकाले माथिदेखि तल्लो निकायसम्मलाई आवश्यक पर्ने सम्पूर्ण तथ्याङ्क तहगतरूपमा समेटिने गरी तथ्याङ्क सङ्कलन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । सोका लागि सबैको सहयोग आवश्यक रहेको सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group