ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकले कानून बुझ्न जरुरी : मुख्यमन्त्री पोखरेल


admin
२३ बैशाख २०७६, सोमबार   ४ : १९   बजे

रुपन्देही, २३ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कानूनमा नागरिकको पहुँच बढाउनुपर्ने बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज बुटवलमा आयोजना गरेको देवानी र फौजदारीसंहिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नागरिकले व्यावहारिक हिसाबले मात्रै कानूनी प्रक्रिया बुझ्ने गरेकाले सैद्धान्तिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कानून नबुझ्नेले व्यवहारको भाषा बुझ्छन्, कानून पढेर पालना गर्ने संस्कृति बन्नसकेको छैन ।’ मुख्यमन्त्री पोखरेलले देशको कानूनबारे अनभिज्ञता क्षम्य नहुने भएकाले नागरिकस्तरमा चेतना प्रवाह गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले न्यायालयप्रति जनताको विश्वास बढाउन जरुरी रहेको बताउनुभयो । न्यायालयमा जाँदा म सुरक्षित छु भन्ने भावनाको विकास गराउनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा देवानी र फौजदारीसंहिता सम्बन्धी प्रस्तुति गर्दै जिल्ला अदालत रुपन्देहीका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले प्रचलित कानूनका विषयमा सरोकारवालाले जति चासो लिन्छन् त्यति नै प्रभावकारी कार्यान्वयन हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले देवानी र फौजदारीसंहिता २०७४ मा उल्लेख प्रावधानबारे जानकारी गराउँदै यसको कार्यान्वयनका लागि सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । सहभागीले न्यायिक जनशक्तिको विकास गरेर न्यायालयको भूमिका प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सरकारले देवानी र फौजदारी संहिताको स्वामित्व लिएर कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu