ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइरल ज्वरो सङ्क्रमण सामान्य हुँदै


एबीसी न्यूज
२४ बैशाख २०७६, मंगलबार   ८ : ३७   बजे

बाजुरा, २४ वैशाख । जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । गाउँमा चार दिनदेखि स्वास्थ्यकर्मीको टोली उपचारार्थ खटिरहेको छ ।

सङ्क्रमण फैलिएको प्रत्येक गाउँमा स्वास्थ्यकर्मी खटिएका छन् । सङ्क्रमणका कारण ६ नं वडा पाडीमा १४०, ५ नं वडा बिच्छ्यामा ४० र क्युडीमा ९३ स्थानीयवासी बिरामी परेका थिए । उपचारपछि सबैजसो बिरामी सामान्य अवस्थामा आइपुगेका छन् । समयमै उपचार नपाउँदा क्युडीगाउँकी ५५ वर्षीया छञ्चकला बुढाको ज्यान गएको छ भने पाँडीका दुई वृद्ध थला परेका छन् । उमेरले ८० कटेका दुवैमा रुघाखोकी निको भए पनि थप अरु सङ्क्रमण देखिएको बुझिएको छ । तर पनि स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन वटै गाउँमा स्वास्थ्यकर्मी खटिएका छन् ।

औषधिसहित क्युडीमा अहेव माया पाण्डे र अनमी चन्द्रा थापा, बच्छ्यामा अहेव धनबहादुर फँडेरा, पाडीमा हेल्थ असिस्टेन्ट धर्मदत्त बुढा, अहेव वासुदेव पाण्डेको टोली खटिएको छ । कुनै प्रकारको उपचार सेवा र औषधिको कमी नहुने गरी टोली खटाइएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताउनुभयो । सङ्क्रमित गाउँमा आवश्यकभन्दा दुईगुणा बढी औषधि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

प्रदेश सरकार मातहतमा रहने कार्यालय भएकाले प्रदेश सरकारसँगको परामर्शमा गतिविधि अगाडि बढाइएको कार्यालय प्रमुख सिंहको भनाइ छ । आठ सय बिरामीलाई पुग्ने गरी आठ हजार ट्याब्लेट पारासिटामोल र दुई हजार क्नालोर फेनरामिन नामक औषधि जिल्ला स्वास्थ्य कार्यालयबाटै पठाइएको छ । यस्तै गाउँपालिकाले पनि आफूसँग भएको औषधिसहित टोली गाउँ पठाएको छ भने थप सङ्क्रमण हुने आशङ्काका आधारमा थप औषधिको माग गरेको छ । भाइरल ज्वरोको सङ्क्रमण हुम्लाको ताँजाकोटबाट फैलिएको स्वास्थ्यकर्मीले अनुमान गरेका छन् । ताँजाकोटमा १० बढीले ज्यान गुमाएका छन् ।

सँगै जोडिएका छिमेकी गाउँ भएकाले छिटो सङ्क्रमण फैलिएको र केही समस्या मौसम परिवर्तनले पनि निम्त्याएको उपचारमा संलग्न अहेव धनबहादुर फँडेराले बताउनुभयो । बिरामीको अवस्थामा सुधार हँुदै आए पनि पूर्णरूपमा निको हुन एक साता बढी लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । भाइरल ज्वरो कम्तीमा पनि पूर्ण नियन्त्रणमा आउन दुई साता लाग्ने उनीहरुको भनाइ छ । सबैजसो बिरामी परेपछि त्रासमय बनेको गाउँको अवस्था पनि सामान्य हुँदै गएको छ । बिरामीमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेका छन् । सङ्क्रमण पाका उमेर र कलिला उमेर समूहकालाई देखिएको छ । यता जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखासँग नियमित सम्पर्क जारी राखेको छ ।

भाइरल ज्वरो सर्ने खतरा बढी भएकाले पूर्वतयारीस्वरूप आवश्यक परामर्श र सम्पर्क जारी राखेको कार्यालय प्रमुख अशोक सिंहको भनाइ छ । हुम्लाको ताँजाकोटबाट रोगको सङ्क्रमण बाजुराको क्युडी, पाडी, बिँच्छ्यामा फैलिएको र अन्य क्षेत्रमा पनि सर्नसक्ने अनुमानका आधारमा तयारी अवस्थामा बस्न निर्देशनसमेत गरिएको छ । हुम्लासँग जोडिएका हिमाली गाउँपालिकासहित, स्वामिकात्र्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाले उच्च सतर्कता अपनाएका छन् । औषधिको जोहोसहित स्वास्थ्यकर्मीलाई समेत तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group