ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो


एबीसी न्यूज
२४ बैशाख २०७६, मंगलबार   ४ : २६   बजे


काठमाडौँ, २४ वैशाख । सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् ।

राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेकपाका सांसद कालीबहादुर मल्लले नीति तथा कार्यक्रमको समर्थन गर्दै समेटिएका विषयवस्तुले जनतामा आशा जगाएको उल्लेख गर्नुभयो । उहाँले सरकारको पहिलो वर्ष आधार वर्षमा कानून निर्माणको प्रक्रियाले गर्दा कतिपय कार्यक्रमको प्रभावारी कार्यान्वयनमा केही सुस्तता देखिएपनि अबका दिनमा गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद दीनानाथ शर्माले नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति प्रतिबद्ध, राष्ट्रिय हितको संरक्षण, सङ्घीयताको कार्यान्वय, मौलिक हक र मानवअधिकारको सुनिश्चिता तथा सन्तुलित विकासजस्ता विषयलाई समेटेको बताउँदै यसले सरकारले अघिसारेका ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सार्थक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेकपाकै सांसद दीलकुमारी थापा (पार्वती) ले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी लोककल्याणकारी राज्यको सिद्धान्तमा आधारित छ भन्दै विकास र समृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपक्षीले यसको कार्यान्वयनका लागि जिम्मेवार भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु सुमनराज प्याकुरेल, जीवन बुढा, बलरामप्रसाद बाँस्कोटा, खगेन्द्रप्रसाद पुरी, कमलाकुमारी ओली, शेरबहादुर कुँवरलगायतले जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । यस्तै, सांसद चन्द्रबहादुर खड्का, विमला राई पौडेल र सिंहबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले सुशासन, पूँजीगत खर्च बढाउने र योजनाको कार्यान्वयन गराउने प्रतिबद्धता जनाएकाले यसले सन्तुलित विकासलाई अङ्गीकार गरेको उल्लेख गर्नुभयो । बैठकमा नेपाली काङ्ग्रेसका सांसद सरिता प्रसाईंले नीति तथा कार्यक्रमले जनताको अपेक्षित विषयलाई प्रभावकारी रुपमा समेट्न नसकेको धारणा राख्नुभयो । उहाँले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु राम्रा भए पनि त्यस्ता योजना तथा कार्यक्रम विस्तृतरुपमा आउन नसकेको बताउनुभयो ।

काङ्ग्रेसकै सांसद धनकुमारी खतिवडाले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु नारालाई कार्यान्वयन गर्नसके मुलुकले कोल्टे फर्ने भन्दै छुटेका विषयलाई परिस्कृत गरेर समेटिनुपर्नेमा जोडदिनुभयो । सांसद विन्दादेवी आलेले नीति तथा कार्यक्रमले नयाँ कार्यक्रम समेट्न नसकेको तथा विकास र समृद्धिका कतिपय विषयलाई हचुवाको भरमा प्रस्तुत गरिएको आरोप लगाउनुभयो । सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रमले सत्ता र प्रतिपक्ष नभई मुलुकको हितमा काम गर्ने भएकाले वाद प्रतिवाद नगरीकन छुटेका विषयलाई समेटेर अघि बढन्नुपर्नेमा जोड दिनुभयो । सांसद जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई जुहारीको थलो बनाउन नहुने भन्दै नीति तथा कार्यक्रमका अपुग भएका विषयलाई समेटेर कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group