ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालश्रम र विवाह न्यूनीकरण गर्न सचेत बन्दै नागरिक


एबीसी न्यूज
२५ बैशाख २०७६, बुधबार   १ : ०९   बजे


काठमााडौं,२५ बैशाख । बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो भेटिएको हो । तुलसीपुरको सबैभन्दा बढी बालश्रमिक र बालविवाह गर्ने गरेको तुलसीपुरको वडा नं ४, ७ , १०, ११ तथा साविक उरहरी, टरिगाउँ र हलवार गाविस हुने गरेको भए पनि पछिल्लो समय त्यहाँका नागरिक सचेत बनेको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताउनुभयो । “साविकको टरिगाउँ, उरहरी र हलवार बालविवाह र बालश्रम बढी हुने गरेका गाविस थिए, यिनैलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन ग¥यौँ”, उहाँले भन्नुभयो, “यी कार्यक्रम सञ्चालनपछि अहिले बालश्रम र बालविवाह गराउनु हुन्न भन्नेमा अभिभावकहरु सहमत देखिएका छन् ।”

तुलसीपुर उपमहानगरपालिका र सिबिसको आर्थिक सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)ले बालविवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि कार्यक्रम सञ्चालन गरिरहेको तुलसीपुर उपमहानगर महिला तथा बाल संरक्षण केन्द्रका संयोजक नवराज लामिछानेले बताउनुभयो । बालविवाहले पार्ने असरका बारेमा सबै नागरिक सचेत भइसकेको तुलसीपुर उपमहानगर महिला शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह गर्दा गर्भवती किशोरीको मृत्यु नै हुनसक्छ भन्ने चेतना भएपछि यस्तो कार्य रोकिएको छ ।” अहिले बालविवाह तथा बालश्रम अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको पत्र, पर्चा पम्पलेट वितरण गर्नुका साथै सडक नाटक प्रस्तुत गर्ने गरिएको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चनाराले जानकारी दिनुभयो।

आगलागी हुँदा लाखौँ क्षति दाङ घोराहीका विभिन्न आठ घरगोठमा आगलागी हुँदा रु ३१ लाख ५० हजार बराबरको क्षति भएको छ । मङ्गलबार साँझ घोराही उपमहानगरपालिका–१ स्थित सल्लीबोट सामुदायिक वनमा आगलागी हुँदा सोही ठाउँका छ घर र दुई गोठ पूर्णरुपमा जल्दा रु ३१ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट घोराही–१ तल्लो मालेका चुमानसिंह विष्ट, गमबहादुर गमाल, टुकमान गमाल, श्यामलाल विष्ट घरगोठ जलेर नष्ट हुँदा त्यति धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । उक्त आगलागीलाई मङ्गलबार करीब राति ७ बजेतिर नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group