ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण


एबीसी न्यूज
२६ बैशाख २०७६, बिहिबार   ८ : ३०   बजे

रुपन्देही, २६ वैशाख । बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो । बुटवल वडा नं १७ र १८ का वडा कार्यालयको आयोजनामा दुई छुट्टाछुट्टै स्थानबाट लालपुर्जा वितरण गरिएको थियो । कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएकाले लालपुर्जा पाएको भूमिलाई कृषि र पर्यटनसँग जोडेर व्यवसायिकरूपमा सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार शुरु सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार शुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नं ५ का भौतिक पूर्र्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गर्नुभयो । उहाँले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनीतिक सडकअन्तर्गत विस्तार र स्तरोन्नति थालिएको बताउनुभयो । कृषि सडकका रूपमा ट्र्याक मात्रै खुलेको सडकलाई मोटरबाटो गुड्ने गरी विस्तार शुरु गरिएको हो । सडक राजमार्ग क्षेत्रबाट २६ किलोमिटर लम्बाइको छ । त्यसलाई साढे ६ मिटर चौडा बनाइएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डीबाट शुरु भएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिका हुँदै गुल्मीको रुरु गाउँपालिकामा जोडिनेछ । सालझण्डी जुठापौवा सुँगुरढुङ्गा सडक निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ५० लाख बजेट विनियोजन भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षमा रु २७ लाख ३६ हजारमा भावना कन्स्ट्रक्सनले ठेक्का लिएको छ । प्रदेशसभा सदस्य भूमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group