ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरीको सालनाल बिरामीकै झोलामा


admin
२६ बैशाख २०७६, बिहिबार   ११ : ०३   बजे

कनकाई, २६ वैशाख ।प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् ।

स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति सेवातर्फकी स्वास्थ्यकर्मी खुश्बु शिवाले बताउनुभयो ।

फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको भए पनि स्वास्थ्य केन्द्रमा यसको उचित व्यवस्थापनको विकल्प नहुँदा स्वास्थ्यकर्मी नै चुपचाप बस्नुपर्ने बाध्यता भएको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नर्सिङ फाँटतर्फको इञ्चार्जका रूपमा स्टाफ नर्स सरस्वती मास्केको नेतृत्वमा अन्य पाँच अनमी सङ्गीता अधिकारी, अम्बिका मैनाली, यशोदा कटुवाल, खुश्बु शिवा र उषा सुवेदी कार्यरत हुनुहुन्छ । केन्द्रको नर्सिङ फाँटमार्फत हाल प्रसूति सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा, गर्भपतनलगायतका सेवा दिइँदै आएको बताइएको छ ।

सुविधासम्पन्न शहरी अस्पतालको रूपमा सञ्चालनको तयारीमा पुगेको यस स्वास्थ्य केन्द्रमा दुई वर्ष अघिदेखि नै स्वास्थ्य सेवा कमजोर बन्दै गएको स्थानीयवासी बताउँछन् । जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व सम्हालेसँगै प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको सेवा अव्यवस्थित बन्दै गएको केन्द्रकै जिम्मेवार स्वास्थ्यकर्मी बताउँछन् ।

चार महीनाअघि मात्र स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्न आउनुभएकी डा सच्चु थापाले अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । दुई वर्षयता केन्द्रमा सिरिन्ज डडाउने इन्टिनेटर साथै सालनाल (प्लासेन्टा) नष्ट गर्ने कन्टेनरको अभाव हुँदा स्वास्थ्य केन्द्र आसपासमा नै वातावरण दुषित बन्दै गएको स्थानीयवासी प्रेम आचार्यले बताउनुभयो ।

स्वास्थ्य केन्द्रकै सामुन्ने सालनालसहितको फोहर थुपारेर आगो लगाउने गर्दा वातावरण दुषित भई स्थानीयवासीलाई समेत ठूलो असर परेकाले सरकारी अस्पातालबाट भएको यस किसिमको लापरवाही तत्काल रोक्नुपर्ने भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन् ।

स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्नुभएका कनकाई नगरका स्वास्थ्य संयोजक पोषराज त्रितालले स्वास्थ्य अस्पतालमा दुई वर्षअघिदेखि सिरिन्ज डडाउने इन्टिनेटर र सालनाल नष्ट गर्ने कन्टेनरका विषयमा आफूलाई केही पनि पत्तो नभएको जानकारी दिनुभयो ।

नगरपालिकाको कार्यालयमा नै नगर स्वास्थ्यको कार्यालय रहेकाले स्वास्थ्य संयोजक त्रिताल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यादै कम्ती आउने गरेको बताइएको छ । महीनामा एक पटक बस्ने सञ्चालक समितिको बैठकमा स्वास्थ्य केन्द्रका समस्याका विषयमा केन्द्रका चिकित्सक साथै स्वास्थ्यकर्मीले राखेका विषयमा समितिबाट सुनुवाइ भए पनि कार्यान्वयन नभएको बताइएको छ ।

समस्याको समाधान खोज्नुभन्दा पनि दुई वर्षअघिदेखि नै अब चाँडै नयाँ भवनमा गएपछि सबै समस्याको समाधान हुने कुरा मात्र समिति साथै स्थानीय सरकार प्रमुखबाट आउने गरेको केन्द्रकै स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । स्वास्थ्य केन्द्रको समस्या समाधानका विषयमा सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद चिमरियाले समेत नयाँ भवनमा सरेपछि मात्र सबै कुराको व्यवस्थापन मिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group