ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ वर्षमा मागी विवाह गरेका प्रचण्ड र सीता पुनः विवाहबन्धनमा


एबीसी न्यूज
२६ बैशाख २०७६, बिहिबार   ६ : ३३   बजे


काठमाडौँ, २६ वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहांकी पत्नी सीता दाहालबीच पुनःविवाह सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is 59826074_2269234430009338_3707671664058695680_n.jpg


मागी विवाह भएको ५० वर्ष पुगेको उपलक्ष्यमा उहांको परिवारले बाबुआमाबीच दोस्रो पटक विवाह गराइदिएको हो । कास्की ढिकुरपोखरीमा जन्मनु भएका अध्यक्ष प्रचण्डले छिमेकी गाउं हेङ्जाकी सीतांसग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is 59877574_2474480919504715_994030632600338432_n.jpg

विवाह भएको ५० वर्ष पुगेको अवसरमा आज अपरान्ह ५ खुमलटारस्थित एक घरमा पुनःविवाह कार्यक्रमको आयोजना गरिएको छ । गतवर्ष एकमात्र छोरा प्रकाश दाहालको निधन भएपछि विव्ह्ल हुनुभएकी श्रीमतीको उपचारका लागि अध्यक्ष प्रचण्डले हदैसम्मको प्रयास गर्नुभएको छ । आग्रहमा आज गरिएको पुनःविवाहले आमाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहांको परिवारले विश्वास गरेको छ । कार्यक्रममा कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा वरिष्ठ नेता माधवकुमार नेतपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, दीनानाथ शर्मा लगायतका नेता कार्यकर्ता र नातेदारहरुको सहभागिता रहेको थियो । विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।

This image has an empty alt attribute; its file name is 60095684_624099364739006_5715413379942711296_n.jpg


अध्यक्ष प्रचण्डका चार छोराछोरीमध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएको छ । माइली छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनुहुन्छ भने कान्छी छोरी गंगा दाहालले निजी सचिवालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।


दाहालले झण्डै १३ वर्ष भूमिगत जीवन बिताउँदा प्रचण्ड पत्नी सिता पनि सँगै हुनुहुन्थो। दश वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड २०६२/०६३ को जनआन्दोलनपछि सुरू भएको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आउनुभएको थियो ।


२०६४ सालको संविधानसभा निर्वाचनपछि बनेको सरकारमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेका बन्नुभएको थियो । त्यसको झन्डै नौ वर्षपछि दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेका बन्नुभएको थियो । यतिवेला एमाओवादी र नेकपा एमालेबीच एकता पछि बनेको नेकपामा प्रचण्ड अध्यक्ष हुनुहुन्छ । पत्नी सीता बिरामी भएपछि उहाँलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो। सीता पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्छ ।

पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। यस पुनः विवाहले सिता दाहालको स्वास्थ्य अबस्था सुध्रने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि पुत्र शोकले सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आईरहेको छ ।

पत्नी सीता बिरामी भएपछि उहाँलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो। सीता पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्छ । पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। यस पुनः विवाहले सिता दाहालको स्वास्थ्य अबस्था सुध्रने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि पुत्र शोकले सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group