ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द जुम्ला विमानस्थल सञ्चालनमा


एबीसी न्यूज
२६ बैशाख २०७६, बिहिबार   ६ : ५९   बजे


काठमाडौँ, २६ वैशाख । वैशाखदेखि बन्द रहेको जुम्ला विमानस्थाल आजदेखि सञ्चालनमा आएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि बन्द भएको विमानस्थल आजदेखि नियमित सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले बताउनुभयो ।

बाँकी रहेको स्तरोन्नतिको काम समयमै सकिएकाले आजदेखि विमानस्थल सञ्चालनमा आएको उहाँको भनाइ थियो । विमानस्थल सञ्चालन पहिलो दिन समिट एयरको जहाजले उडान ग¥यो । विमानस्थल धावनमार्गको काम सम्पूर्ण सकिएको र पार्किङको काम भने बाँकी रहेको शर्माले जानकारी दिनुभयो । पार्किङको काम बाँकी रहे पनि खासै जहाज अवतरणमा समस्या नहुने बताइएको छ । पार्किङको बाँकी स्तरोन्नति काम भइरहनेछ । विमानस्थलको स्तरोन्नति कार्यलाई छिटो सकाउन २० दिनका लागि विमानस्थल नै बन्द गरिएको थियो ।

पार्किङकतर्फ स्तरोन्तिका लागि चाहिने निर्माण सामग्री आउन नसकेकाले स्तरोन्नति कार्यमा ढिलाइ हुने बताइएको छ । ६७५ मिटर धावनमार्गको कालोपत्रको काम सकिएको हो । बाँकी पार्किङको काम जहाज चलाउँदै कालोपत्र गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा झण्डै ३९० मिटर धावनमार्ग कालोपत्र भइसकेको थियो । बाँकी २८० मिटर धावनमार्ग कालोपत्रको काम यो अवधिमा सकिएको हो ।

एपेक्स पृथ्वी र अमित जेभीले विमानस्थल मर्मतको जिम्मा पाएका थिए । धावनमार्ग मर्मतका लागि चाहिने सबै सामग्री उपलब्ध भइसकेकाले मर्मतको काम छिटो भएको हो । विमानस्थल २० दिनसम्म बन्द भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा बन्द भएको थियो । विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । विमानस्थलका लागि रु चार करोड ५२ लाख रकम विनियोजन भएको शर्माले जानकारी दिनुभयो । अब मौसका कारणबाहेक अरु कुनै कारणले उडान कार्यमा अवरोध नहुने भएको छ ।

पार्किङको काम जेठ महीनाभित्रमा सकिने छ । दुई चरणमा जुम्ला विमानस्थलको स्तरोन्नतिको काम भएको हो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group