ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सावधान ! अस्पताल परिसरमा सुर्तीजन्य पदार्थ प्रयोग त गर्दै हुनुहुन्न ?


एबीसी न्यूज
२९ बैशाख २०७६, आइतबार   ७ : १३   बजे


काठमाडौं,२८ बैशाख । के तपाईं काठमाडौँका अस्पतालभित्र या अस्पताल बाहिर सुर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखन त गरिरहनु भएको छैन ? सावधान ! यदि यस्तो हो भने अब भने तपाई प्रहरीको फन्दामा पर्नुहुनेछ । ऐनमा भएको व्यवस्थाअनुसार काठमाडौँको ठूला ११ सरकारी अस्पतालमा आजदेखि सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा रोक लगाइएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरे पनि व्यावहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला ११ अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गरिएको हो । आज निजामती कर्मचारी अस्पतालबाट उक्त कार्यक्रम शुभारम्भ गरिएको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पताल र कीर्तिपुर अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको हो ।

अस्पतालको १०० मिटरसम्मै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नसमेत नपाइने प्रहरीले जनाएको छ । धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिकहितको अभिवृद्धि गर्न विसं २०६८ मा सरकारले ऐन ल्याएको थियो । धूमपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धूमपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा रु १०० जरिवाना वा दुवै सजायको व्यवस्था छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गर्न लागिएको जानकारी दिँदै सुवेदीले पहिलो चरणमा प्रचारप्रसार गर्ने र अटेर गरे कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

अस्पतालमा लागू भए पनि अन्य क्षेत्रमा समेत क्रमैसँग अभियान चलाइनेछ । सार्वजनिक स्थान, सरकारी कार्यालय, अस्पताल उद्योग, कलकारखाना, शिक्षण सङ्घसंस्था, विमानस्थल, होटल, सिनेमा घरलगायत क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन । अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्रसमेत धूमपान गर्न नहुने ऐनमा उल्लेख छ । प्रयोगकर्तालाई मात्रै नभई समाजलाई नै असर पार्ने भएकाले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ऐन कार्यान्वयनका लागि अभियान नै सञ्चालन गर्न लागिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

ऐन कार्यान्वयनका लागि अस्पताल, समुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्याम, नागरिक समूहसँग समन्वय गरी हरके अस्पतालमा एक समिति बनाइएको छ । पहिलो चरणमा प्रचारप्रसारलाई तीब्रता दिने, सूचना टाँस गर्ने, अस्पताल नजिक रहेका होटलमा सुर्तीजन्य पदार्थ हटाउन लगाउने र त्यसपछि पनि बिक्री वितरण र प्रयोग गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group