ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश राजनीतिक प्रयोगशाला बन्यो –विनयध्वज चन्द


एबीसी न्यूज
३० बैशाख २०७६, सोमबार   २ : ३५   बजे



काठमाडौं,३० बैशाख । नेपाली कांग्रेसका नेता विनयध्वज चन्दलाई आजकाल आफ्नै पार्टी मनपर्न छोडेको छ ।नेपाललाई धेरै देशले राजनीतिक प्रयोगशाला बनाएका छन् । कुनै औषधि, भ्याक्सिन हाम्रो देशमा प्रयोग हुन्छ परिक्षणका रुपमा । जुन अनुदानका रुपमा वा सहुलियत सहयोग भन्दै आउँछन् । त्यस्तै राजनीतिक प्रणाली पनि भित्रियो ।

भ्याक्सिन प्रयोग गर्दा मान्छे मर्छ, बाँच्छ वा अन्य कुनै साइड इफेक्ट पर्छ कि ! कति सफल हुन्छ वा असफल भनेर चेक गरिन्छ । त्यस्तै प्रकारले राजनीतिक रुपमा पनि तमाम कुराहरु प्रयोग गरिएका छन् । हामी प्रयोग भएका छौं ।

जसले नेपालमा राजनीतिक प्रणालीको प्रयोग गरिरहेका छन्, ती देशले धेरै पैसा सहयोग गरिरहेका छन् । र भन्छन् – यस्तो व्यवस्था लागू गर्नुपर्यो । अहिले समानुपातिक, समावेशीताको अभ्यास गरिरहेका छौं । जुन देशले यो सबै गर्नका लागि हाम्रो देशलाई पैसा लगानी गरे, ती देशमा लागू छन् त ?

महिला सशक्तिकरणका कुरा गर्दै युरोपियन युनियन नेपालमा चिच्याउँछ । युरोपियन युनियनको कुन देशमा कति महिला शशक्तिकरण छ ? कति महिला राजनीतिमा प्रख्यात छन्, कति महिला विजनेशमा प्रख्यात छन् ? त्यो डाटा दिउन् त ! …

अमेरिकामा कति जना महिला राष्ट्रपति बने ? हाम्रोमा जम्मै हुनुपर्छ भनेर दबाव दिने उनीहरुले चाहिँ गर्न नपर्ने ? पैसाको लोभ देखाएर नेपालीको गरिबिमाथि खेल्ने, धर्म परिवर्तन गराउने जस्ता गतिविधि भइरहेका छन्, जसले नेपालको मौलिकता मास्ने गरी संस्कृतिक बिचलन ल्याएको छ । यसलाई राजनीतिक रुपमै, संवैधानिक रुपमै धर्मनिरपेक्षता भनेर संरक्षण गर्ने काम भयो । कसैले आफ्नो इच्छाले धर्म परिवर्तन गर्न चाहन्छ भने पाउनुपर्छ । तर, लोभ देखाएर धर्म परिवर्तन गराएर सामाजिक बिखण्डन हुन दिनुहुँदैनथ्यो ।

वीपीको पालामा दक्षिण एसियामै पहिलो महिला मन्त्री नेपालमा भइन् । परियार पनि मन्त्रिपरिषदमा थिए, जनजाति पनि थिए । कुनै ऐन कानुनमा फलानो-फलानोलाई मन्त्रिपरिषदमा ठाउँ दिनु, भनेर लेख्या त थिएन ।

नेपालमा संघीयता र गणतन्त्र सफलतातिर उन्मुख देखिन्न । प्रदेशहरु निर्माण भए । सोही अनुसार निर्वाचन भयो र सरकार बनेको पनि एक बर्ष बढी भयो तर, प्रदेश सरकार छ कि छैन जस्तो छ ।

स्थानीय सरकार आफ्नो मनोमानी काम गरिरहेका छन् । कर कसरी कहाँबाट उठाउने, कसरी बाँड्ने भन्ने अझै तय भएको छैन् ।

यो असफलतातर्फ गइरहेको गणतन्तात्मक ब्यवस्था देख्दा मैले विगतमा उठाएको र अहिले पनि भनिरहेको नै सही हो जस्तो लाग्छ । सही लागेको त भन्न पाउनुपर्छ-कि यति सानो देशलाई संघीयताको मोडलमा लैजानु उचित होइन । यसमा सोच्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group