ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै रोकिएन वन्यजन्तुको चोरी


एबीसी न्यूज
३० बैशाख २०७६, सोमबार   ५ : ३२   बजे


काठमाडौं,३० बैशाख । जिल्लाका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकारी भइरहेको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन हुन सकेको छैन ।

जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा खुलेआम रतुवा, बँदेल, घोरल, कालीजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ । यहाँका ग्रामीण क्षेत्रबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाइ छिमेकी तराईका जिल्लालगायत काठमाडौँसम्म पु¥याउने गरेको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी मानमोहन पनेरुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका होटेल तथा पसलमा जङ्गली जनावरको सुकुटी जताततै सहजै पाइन्छ र केहीले सुकुटी किनेर काठमाडौँसम्म पु¥याउने गरेका छन् ।” वन्यजन्तुको चोरी शिकार हुने गरेको व्यापक जनगुनासो आउन थालेपछि महाभारत शृङ््खला अन्तर्गतका तेले लेक वनमा केही महीना पहिले डिभिजन वन कार्यालय डोटीका कर्मचारी, स्थानीय पत्रकार, शिखर नगरपालिकाका प्रतिनिधि र राजनीतिकदलका नेता कार्यकर्ता अनुगमनका लागि पुगेका थिए ।

अनुगमनका क्रममा चोरी शिकारमा संलग्न तस्करले वन्यजन्तु मार्ने तरिका, मारेका वन्यजन्तुका हड्डी, छाला, चोरी शिकारमा संलग्नको बासस्थानलगायत प्रयोग गर्ने नाका र तस्करहरुले प्रयोग गरेका सामग्री फेला परेका थिए । डोटीका निमित्त डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार अनुगमनका क्रममा जङ्गल क्षेत्रमा भैँसीपालन गर्दै आएका गोठाला र स्थानीय जनतासँग समेत छलफल गरिएको थियो । त्यसपछि चोरी शिकार नियन्त्रणका लागि स्थानीय तह र स्थानीयवासीसँग मिलेर एकीकृत रुपमा चोरी शिकार विरुद्धको अभियान सञ्चालन गरिने योजना भएको निमित्त डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तस्करीका कारण जङ्गली वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । यहाँका स्थानीय तह र आम नागरिकको सहयोगमा यस विरुद्ध अभियानकै रुपमा जाने तयारीमा छौ ।” तस्करले चोरी शिकारका लागि महीनौंसम्म घरेलु हातहतियारसहित जङ्गलमा बास बस्ने र शिकार गर्ने गरेको पाइएको अनुगमनबाट फर्केका टोलीको भनाइ छ । जङ्गलमा शिकार गरिएका वन्यजन्तुको मासु यहाँका विभिन्न राजमार्गलगायत सदरमुकामका होटलमा समेत बिक्री हुने गरेको छ । जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका वन र माहाभारत शृङ्खलाअन्र्तगतका तेले लेक वनबाट बढी मात्रामा वन्यजन्तु चोरी शिकार हुने गरेको पाइएकोे छ ।

कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेले लेकको वनले समेटेको छ । जिल्लाको जोरायल गाउँपालिका–१ गैराकास्थित एक होटल व्यवसायीले तेले लेकमा मारिएका मृगको मासु सुकुटी बनाएर तराईका जिल्लालगायत काठमाडाँैसम्म लैजाने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गलबाट दैनिकजसो रतुवा, बँदेलको सुकुटी मासु बजारसम्म आउँछ र यहाँबाट काठमाडौँसम्म लैजाने गरिएको छ ।” चोरी शिकारी बढी हुने क्षेत्रका रुपमा चिनिएको तेले लेक वनक्षेत्रलाई जिल्लाको शिखर नगरपालिकाले चोरी शिकार नियन्त्रण अभियान शुरु गर्ने बताएको छ ।

डिभिजन कार्यालयसँग मिलेर चोरी शिकार नियन्त्रण र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा चोरी शिकार निरुत्साहित गर्ने सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको शिखर नगरपालिका –१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “तेले लेकमा हुने वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि हामी योजनाबद्ध तरिकाले अगाडि बढ्ने भएका छौँ, सबैको सहयोग भए चोरी शिकार नियन्त्रण हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu