ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायिक समिति बने, इजलास बनेनन्


एबीसी न्यूज
३१ बैशाख २०७६, मंगलबार   ५ : ००   बजे


काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचन सकिएको दुई वर्ष बित्न लागेको छ । निर्वाचनपछि उप–प्रमुखको संयोजत्वमा बनेका न्यायिक समितिले इजलास बनाउन सकेका छैनन्
।

नगर तथा गाउँपालिकाको न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजूरी दिने भए पनि बहसका लागि इजलास बन्न नसक्दा नागरिक मारमा परेका छन् । स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने प्रावधान अनुसार न्यायिक समितिलाई व्यवस्थित बनाउने कार्यमा स्थानीय तह लागेको हिमाली गाउँपालिका न्यायिक समितिका संयोजक चन्द्रकला बुढाले बताउनुभयो । उहाँले पटक÷पटक न्यायिक समितिमा उजूरी आउन थालेपछि स्थानीय तहका नगर तथा गाउँपालिकाले आ–आफ्नै कानूनी सल्लाहकार नराख्दा न्याय सम्पादनमा सकस हुने गरेको बताउनुभयो ।

न्यायिक समिति गठन भएपछि सङ्घीय र प्रदेश सरकारले न्याय सम्पादनका बारेमा समितिका संयोजक र सदस्यलाई समयमै तालीम र प्रशिक्षण नदिँदा डेढ वर्षसम्म अलमल भएको जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक ऐना बुढाले बताउनुभयो । न्यायिक समितिमा आएका उजूरी सम्पादन गर्ने बारेमा अनविज्ञ हुँदा सास्ती हुने गरेको छ । बहस र सम्पादन गर्नेबारे जानकारी नहुँदा कतिपय मुद्दा सम्पादन गर्न कठिन भएको बुढा बताउनुहुन्छ । जिल्लाका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकामा न्यायिक समिति बनेको छ । समितिको संयोजक र सदस्यले आफ्नो काम, कर्तव्य र जिम्मेवारीबारे जानकारी नभएको बताएका छन् । नगरपालिका र गाउँपालिकाले कानूनी सल्लाहकार कार्यविधि बनाएर सल्लाहकार नियुक्त नगरेका कारण न्याय सम्पादन गर्न असहज भएको छ ।

कानूनी सल्लाहकार नराखेपछि न्याय सम्पादन गर्न समस्या भएको हिमाली गाउँपालिकाका उपाध्यक्ष बुढाले बताउनुभयो । “उजूरी हेरेर कानूनी सल्लाहकारको सल्लाहअनुसार पीडित र पीडकलाई न्याय हुने गरी न्याय सम्पादन गर्दैआएका छौँ”, उहाँले भन्नुभयो । बडिमालिका नगरपालिकामा न्याय सम्पादनका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ । सहज र छिटो न्याय सम्पादन गर्न सो व्यवस्था गरिएको हो । पछिल्लो समय सहजै सेवा प्रवाह हुने गरेको उप–प्रमुख कविता विष्टले बताउनुभयो । नगरपालिकाभित्रै इजलास तयार गरी न्याय सम्पादन गरिँदै आएको छ । कानूनी विषयमा आफूलाई जानकारी नभएपछि न्याय सम्पादन गर्न कठिन भएको खापर स्वामीकार्तिक गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मीमा बुढा बताउनुहुन्छ । कार्यविधि नबनाएकाले कानूनी सल्लाहकार नराखको उहाँले बताउनुभयो । जिल्लाका ६ स्थानीय तहमा कानूनी सल्लाहकार छैनन् ।

न्यायिक समितिलाई न्याय सम्पादनमा सहयोग पु¥याउने गरी कानूनी सल्लाहकार राख्नुपर्ने भए पनि हालसम्म सो व्यवस्था हुन सकेको छैन । बूढीगङ्गा र बडिमालिका नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिकाले कार्यविधि बनाएर सल्लाहकार राखेका छन् । दुई नगरपालिका र चार गाउँपालिकाले कानूनी सल्लाहकार राखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group