ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रादेशिक आयुर्वेदमा ‘फाइमोसिस’ सेवा शुरु


admin
१ जेष्ठ २०७६, बुधबार   ११ : २३   बजे

दाङ,१ जेठ । दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ । उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो ।

बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो । अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो । “अस्पतालमा लिङ्ग नखुल्ने बच्चाको सङ्ख्या धेरै आउन थाल्यो”, डा ठाकुरले भन्नुभयो, “त्यसैले हामीले यो सेवा पनि शुरु गरेका हौँ ।

” आयुर्वेदको यो पुरानो पद्धति भए पनि प्रादेशिक आयुर्वेदमा पहिलोपटक शुरु भएको डा ठाकुरको भनाइ छ । यो सेवा शुरु भएसँगै दैनिक दुई÷तीन तथा कहिलेकाहीँ पाँच जनासम्म आउने गरेको उहाँको भनाइ छ ।

उक्त शल्यक्रिया १० वर्षसम्मका बच्चालाई गर्न सकिने डा ठाकुरको भनाइ छ । “हामीले धेरै बिरामी आउन थालेपछि यो सेवा शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “त्यसैले यसको शुल्क रु दुई हजार मात्रै लिने गरेका छौँ ।”

साथै उक्त शल्यक्रिया गर्नका लागि विभिन्न औजार पनि भित्रिसकेको भन्दै ती औजार खरीद भएमा थप सहजता हुने उहाँको भनाइ छ । दाङ तुलसीपुर उपमहानगरपालिका–१७ निवासी सपना घर्तीले आफ्नो छोराको उक्त समस्या समाधानका लागि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जानुभयो । त्यहाँ शल्यक्रिया गरेको रु आठ हजार लाग्ने भनेपछि केही स्वास्थ्यकर्मीको सल्लाहमा प्रादेशिक आयुर्वेद औषधालयमा ल्याउनुभयो । यहाँ ल्याएपछि सफल शल्यक्रिया भएको उहाँको भनाइ छ । चिकित्सालयले उहाँका छोराको पहिलोपटक शल्यक्रिया गरेको हो ।

के हो फाइमोसिस ? बच्चा (पुरुष) को जनेन्द्रीय अर्थात् लिङ्गको टुप्पाको डल्लो (सुपाडी) लाई छालाले छोप्ने अवस्थालाई ‘फाइमोसिस’ भनिन्छ । जन्मदाखेरि कुनै पनि बच्चाको लिङ्गको टुप्पाको छाला पछाडि जाँदैन अर्थात् छालाले टुप्पो छोपेको हुन्छ । भर्खर जन्मेका बच्चामा यस्तो समस्या हुनु स्वाभाविक हो ।

तर उमेर बढ्दै जाँदा त्यो खुल्दै जानुपर्छ । जन्मेको छ महीनापछि आफसेआफ लिङ्गको टुप्पाको छाला पछाडि सर्किनु पर्छ । अर्थात् खुल्दै जानुपर्छ र लिङ्गको टुप्पाको डल्लो अर्थात् सुपाडी देखिनुपर्ने हुन्छ । तर आजकल धेरै बच्चामा फाइमोसिस समस्या देखिने गरेको छ । जसले गर्दा बच्चामा पिसावको सङ्क्रमण हुँदै मिर्गौलाको सङ्क्रमणसम्म हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group