मकवानपुर, १ जेठ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यतिm प्रहरीले प्रक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका(२ संगम चोक डेरा गरी बस्ने बालिकालाई सोही उपमहानगरपालिका(५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले ती बालिकालाई गत शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्