ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोवा रिग्पा उपचारलाई प्राथमिकता दिइनेछ: राज्यमन्त्री यादव


admin
१ जेष्ठ २०७६, बुधबार   २ : ४८   बजे

काठमाडौं,१ जेठ । स्वास्थ्थ राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शताब्दीऔँअघिदेखि प्रचलनमा रहेको नेपालको मौलिक सोवा रिग्पा उपचार पद्दतिलाई पनि प्राथमिकतामा राख्ने गरी नयाँ स्वास्थ्य नीति ल्याइने बताउनुभएको छ ।

सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा. तेन्जीङ धार्के गुरुङ्गद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री डा यादवले हिमाली जडीबुटीको प्रयाग गरी उपचार गरिने सोवा रिग्पा नेपालको हिमाली क्षेत्रमा मात्र नभई देशभर नै विस्तार गर्न सकिएमा आम जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन सकिने भएकाले सरकारले यस्ता वैकल्पिक उपचार पद्दतिको संरक्षण र प्रवद्र्धनमा जोड दिनेछ भन्नुभयो ।

ज्ञापनपत्रमा नेपालको संविधान संशोधन गर्दा धारा ५१ मा स्पष्ट रूपमा आयुर्वेदिक, होमियोवेदिक जस्तै गरी ‘सोवा रिग्पा उपचार पद्धति’ उल्लेख गर्नुपर्ने, हिमाली भेगलगायत ७७ वटै जिल्लाहरूमा जिल्ला सोवा रिग्पा सेवा केन्द्र स्थापना गर्नुपर्ने, सोवा रिग्पा औषधिलाई औषधि व्यवस्था विभागमा दर्ता गरी समावेश गर्नुपर्ने, सोवा रिग्पालाई विकास र विस्तार गर्न सरकारले नेपालका जडीबुटीहरूको अनुसन्धान, सङ्कलन र तिनको प्रशोधन गरी स्वदेशमा नै औषधि उत्पादनमा जोड दिनुपर्ने माग गरिएको छ ।

सोवा रिग्पा इन्टरनेशनल कलेजका कार्यकारी निर्देशकसमेत रहनुभएका अध्यक्ष गुरुङले आजै मन्त्रालयका सचिवद्वय डा पुष्पा चौधरी र रामप्रसाद थपलियालाई पनि भेटी संशोधित स्वास्थ्य ऐन, २०७५ मा सोवा रिग्पा उपचार पद्धतिलाई पनि समावेश गरेकाले हौसला बढाएको बताउँदै छिमेकी मुलुकमा जस्तै नेपालमा पनि सोवा रिग्पा, होमियोवेदिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर लगायतलाई समेटेर वैकल्पिक वा पुरक मेडिकल काउन्सिल, विभाग, अस्पताल स्थापना गर्न आग्रह गर्नुभयो ।

सोवा रिग्पा प्राथमिक उपचारकहरूको सङ्ख्या अहिलेसम्म ३६० पुगिसकेको र ती उपचारकहरूले दुर्गम क्षेत्रका गुम्बा तथा विहारहरूमा सोवा रिग्पा उपचार गराइरहेको बताइएको छ । पछिल्लो तथ्याङ्कअनुसार हिमालमा ९० प्रतिशत, पहाडमा ३० देखि ४० प्रतिशत र तराईमा २० प्रतिशत प्रयोगकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group