ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सारको सुरक्षाः त्रिपालमुनिको बास


एबीसी न्यूज
१ जेष्ठ २०७६, बुधबार   ४ : ३१   बजे


काठमाडौं, १ जेठ । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सीमा अवलोकन युनिट (बिओपी) का सुरक्षाकर्मी त्रिपालमुनि बस्दै आएका छन् ।

पुस/माघ महीनाको कठ्याङ्ग्रिने जाडो होस् वा चैत/वैशाख महीनाको टन्टलापुर घाम नै किन नहोस्, उनीहरुको दिनचर्या त्रिपालमुनि नै बित्दै आएको छ । छोटी भन्सार कार्यालयबाट मूल भन्सारमा परिणत भएपछि त्यसको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको हो । सो भन्सार कार्यालय गत साउनदेखि मूल भन्सारमा परिणत भएको थियो । त्यसको सुरक्षाका लागि गत कात्तिक २० गतेदेखि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सुरक्षाकर्मीकोे टोली त्यहाँ खटिएको छ ।

भन्सार कार्यालयका लागि जग्गा अधिग्रहण गरेर सुविधा सम्पन्न भवन निर्माण गरिएको भए पनि सुरक्षाका लागि खटिएको बीओपीको व्यवस्थापनका लागि भने कुनै व्यवस्था गरिएको छैन । जसका कारण वैशाखको प्रचण्ड गर्मीमा पनि आँधीहुरीको सामना गर्दै उनीहरु त्रिपालमुनि बस्न बाध्य छन् । एकातर्फ कार्यालय प्रयोजनका लागि भवन निर्माण गरिएको छ भने अर्कोतर्फ गोदाम निर्माणका लागि जग्गा छुट्याइएको छ । बीओपीका सुरक्षाकर्मी गोदाम निर्माणका लागि छुट्याइएको जग्गामा त्रिपाल टाँगेर बसेका छन् ।

उनीहरु नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको सात थान त्रिपालमुनि बस्दै आएका छन् । सुरक्षाकर्मीका लागि उचित बस्ने बास पनि छैन भने शुद्ध खानेपानीको व्यवस्थासमेत छैन । सुरक्षाकर्मीको त्रिपालमुनिको बास निकै कष्टकर रहेको छ । गर्मीको समयमा बढ्दो तापक्रम र आउने हुरीबतासले कहाँ कतिखेर ती त्रिपाल उडाएर पु¥याउने हो ? थाह छैन । केही महीनाअघिको हिँउदे झरीले त्रिपाल चुर्लुम्म डुबेको एक सुरक्षाकर्मीले बताए ।

उनले वर्षाको समयमा पानी जम्ने भएका कारण बस्न नसकिने भन्दै गर्मीको समयमा नदीको किनार भएका कारण पनि अत्यधिक गर्मी हुन थालेको बताए । “होचो ठाउँमा त्रिपाल टाँगेर बसेका छौँ”, उनले भने्, “बाढी आयो भने जीउ ज्यान नै जोगाउन गाह्रो हुने देखिन्छ ।” कष्टकर अवस्थामा बसेर भएपनि सुरक्षाकर्मीले भन्सारको सुरक्षा गर्दै आएको छ, धनगढीस्थित ३४ नं गणका गणपति विष्णु भट्टले बताउनुभयो । उहाँले सुरक्षाका दृष्टिकोणले भौतिक संरचना निर्माण हुनुभन्दा पहिले नै सुरक्षाकर्मी खटाउनु परेका कारण समस्या भएको जानकारी दिनुभयो । “हाम्रा लागि जग्गा पनि छैन । भौतिक पूर्वाधार पनि छैन”, उहाँले भन्नुभयो, “सुरक्षाको थ्रेट बढेपछि सुरक्षाकर्मी परिचालन हुनै प¥यो ।

अहिले घामपानी नभनेर पनि सुरक्षा गर्नुपर्ने बाध्यता छ ।” उहाँले बीओपीको व्यवस्थापनका लागि प्रदेश सरकार र सशस्त्र प्रहरी प्रधान कार्यालयसँग पहल भइरहेको बताउँदै वर्षा यामभन्दा अगावै बीओपीको व्यवस्थापन हुने भनिए तापनि हालसम्म कुनै काम शुरु नभएको जानकारी दिनुभयो । यसै सन्दर्भमा सत्ती भन्सार कार्यालयका प्रमुख वसन्त कार्कीले बीओपीका सुरक्षाकर्मीको बसोबासको समस्याले काम कारवाहीमा समेत समस्या भइरहेको बताउनुभयो ।

उहाँले भन्सार व्यवस्थापनअन्र्तगतको बजेटबाट भए पनि बीओपीको बसोबासका लागि विभागसँग बजेट छु्ट्याउन माग गरेको भन्दै भौतिक पूर्वाधारको विकासका लागि आठ करोड ७१ लाख ५९ हजार ३२९ रुपैयाँ ६५ पैसाको लागत अनुमानित रकमको माग गरिएको बताउनुभयो । चालू आवको मसान्तसम्म बीओपीका सुरक्षाकर्मीका लागि उचित ठाउँमा व्यवस्थापन गर्न नसके वर्षात्को समयमा सीमा सुरक्षाका लागि ठूलो समस्या आउन सक्ने उहाँले बताउनुभयो ।

उहाँले बीओपीका लागि भन्सारकै जग्गामा भवन निर्माण गरी व्यवस्थापन गरिने गरी काम भइरहेको बताउँदै चालू आवमा काम पूरा नभए पनि आउँदो आवमा भने व्यवस्थापन गर्ने आश्वासन आफूले पाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group