काठमाडौं, १ जेठ । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीले बुधवार सरसफाई अभियानको शुभारम्भ गरेको छ ।
क्लबको सामाजीक उत्रदायित्व कायक्रम अन्तरगत बुधवार देखी सरसफाई अभियानको शुभारम्भ गरिएको क्बलका अध्यक्ष दिपेश पछाईले जानकारी दिनुभयो । क्लबको बार्षिक कार्ययोजना अन्तरगत २५६३ औं बुद्ध जयन्ती, लुम्बिनी दिवस एवं लुम्बिनी भ्रमण वर्ष २०७६ को पूर्व संन्ध्यामा सरसफाई अभियान शुभारम्भ गरिएको हो । लुम्बिनी बाट सुभारम्भ गरिएको कार्यक्रमले मर्चवार , भैरहवा , धकधई लगायतका स्थानहरुमा सरसफाइ गर्ने छ ।
प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी वर्ष सफल पार्न लुम्बिनी बाट यो अभियान सुरु गरिको पनि अध्यक्ष पछाईले जनकार िदिनुभयो । लुम्बिनी स्थित महिलावार चोकबाट सुरु भएको सरसफाई कार्यक्रम मायादेवी मन्दिर पुगेर समापन भएको थियो । सरसफाई कार्यक्रम पश्चात बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन मुनी शाक्यले लुम्बिनी भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक रहेका बताउनुभयो ।
लुम्बिनी भ्रमण बर्ष २०७६ का सरसफाई तथा सौन्दर्यकरण उपसमितिका संयोजक सागर अधिकारीले लुम्बिनी प्रेस क्लबले आयोजना गरेको कार्यक्रम प्रशसंनीय रहेको बताउनुभयो । भ्रमण बर्षलाई सबैले आ आप्नौ क्षेत्रबाट सहयोग हुनु पर्नेमा उहा“ले जोड दिनुभयो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यकारी प्रमुख मोहन पौडेल, सरसफाई तथा सौन्दर्यकरण उपसमितिका सदस्य तथा बुद्ध प्रगतिशिल महिला समुह अध्यक्ष मन्जु ढकाल, सिद्धार्थ होटल एशोसियसन लुम्बिनी अध्यक्ष मिथुन श्रेष्ठ, महासचिव लिला मणी पौडेल, लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्त, कमल रायमाझी, माधव ढुङ्गाना, नारायण सापकोटा , क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, स्थानीय वासिनदा,नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागीता रहेको थियो ।
लुम्बिनी क्षेत्रलाई सफा राख्न जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विन्दु कुमार चौहानले बताउनुभयो । क्लबका महासचिव सम्झना शर्माले लुम्बिनी भ्रमण बर्ष २०७६ सफल बनाउन यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्