ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङमा नेपाली मण्डपको आकर्षण


एबीसी न्यूज
२ जेष्ठ २०७६, बिहिबार   २ : १५   बजे


काठमाडौं, २ जेठ । चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो ।

चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १५ गते उक्त मण्डप उद्घाटन गर्नुभएको थियो । ‘हरित जीवन ः उत्तम जीवन’ भन्ने नाराकासाथ आयोजित सो एक्स्पोमा ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालको प्राकृतिक वातावरण र मानव जीवनका सम्बन्धलाई उजागर गरिएको होटल एशोसिएशन आफ नेपाल(हान)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पन्ध्र फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्तिलाई बीचमा पारेर नेपालको कृषि, वन र वनस्पति जडीबुटी लगायतको अनुसन्धान एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजना भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न उक्त मण्डपमा प्रयास गरिएको संयोजक शाहले बताउनुभयो ।

नेपाल भ्रमणमा चिनियाँको बढ्दो मोहलाई लक्ष्य गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको आयोजक संस्थाका अध्यक्ष अमृत शाक्यले बताउनुभयो । आश्विन २ गते उक्त एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनियाँ टोलीबीच औपचारिक कार्यक्रम गरिने भएको छ । सोही अवसरमा नेपाली कलाकौशल र संस्कृति झल्कने नाचगान, साङ्गीतिक कार्यक्रम, नेपाली रैथाने परिकारसहितको खाद्य महोत्सव आयोजना हुने संयोजक शाहको भनाइ थियो । एकसय दश राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्था सहभागी सो एक्स्पो ५०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगामी कात्तिकसम्म चल्ने एक्स्पो १६ करोडले प्रत्यक्ष तथा एक अर्बभन्दा बढीले विभिन्न सञ्चारमाध्यमबाट अवलोकन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group